Jilla Ban Notis

प्रतापपुर गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न् , कृषि क्षेत्रलाई विषेश जोड ।

0 22

कृष्ण ढकाल
बर्दघाट,असार–८
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाले आफ्नो १२औं गाउँसभा आज सम्पन्न् गरेको छ ।
सभामा अध्यक्ष उमेशचन्द्र यादवले प्रस्तुत् गर्नुभएको गाउँपालिकाको आर्थिक बर्ष २०७९÷२०८० को निति तथा कार्यक्रमहरु छलफल सहित सर्वसम्वत रुपमा पारित भएको छ ।
अध्यक्ष यादवले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७९/२०८० को निति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विषेश जोड दिएको छ । कृषीको व्यवसायीकरणसंगै कृषक परिचयपत्र ( कृषक कार्ड ) लागू गर्ने सम्मका योजनाहरु निति तथा कार्यक्रममा समावेस भएका छन् ।


त्यस्तै गरी ५० लाख भन्दा माथीका उद्योगहरु स्थापना गर्नेहरुका लागि आफ्नो पालिकामा लाग्ने करछुट गर्ने देखि १ सय ५० लघु उद्यमी तयार गर्ने सम्मका योजनाहरु अहिलेको निति तथा कार्यक्रममा समावेस गरेको छ ।
शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यामवाट अध्ययापन गर्ने देखि माबि तहमा प्राविधिक धारको शिक्षा संचालनमा जोड दिने सम्मका योजनाहरु समावेस गरीएको छ ।
आज भएको प्रतापपुर गाउँपालिकाले आफ्नो १२औं गाउँसभालाई पूर्व मन्त्री हृदेश त्रिपाठीले समबोधन गर्नु भएको थियो ।
उहाँले स्थानिय तहमा दलीयरुपमा हुने निर्वाचनका कारण खासै विकास हुन नसकेको बताउनु भएको थियो । अब सबै जनप्रतिनिधिहरुले चुनावी एजेन्डाहरुलाई छोडेर समाजको आवश्कतालाई मध्य नजरगरी विकासका काममा अग्रसर हुन आग्रह गर्नु भएको थियो ।
विकासका कामहरु गर्दा टुक्रे योजनाहरु भन्दा योजनावद्ध रुपमा खास खास योजनामा लगानी गर्न आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.