Jilla Ban Notis

प्रतापपुरमा विश्व हात धुने दिवस विशेष कार्यक्रम सम्पन्न ।

0 117

प्रतापपुर,असोज–३०
प्रतापपुर गाउँपालिकामा विश्व हात धुने दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका, मेड नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयोजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चौधरिको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका नारायण भण्डारीले स्वागत गर्दै विश्व हात धुने दिवस मनाउनुको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

मेड नेपालका मिरा थापाले हात धुनुका फाइदाबारे जानकारी गराउदै हात धुने तरिका सिकाउनु भएको थियो । गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयोजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चौधरिले सहि तरिकाले साबुनपानीले मिचिमिचि २० सेकेन्डसम्म हात धुदा मात्रै पनि धेरै रोगबाट वचन सकिने हुदाँ यसबारे सबैलाई बुझ्न र बुझाउन जरुरि रहेको बताउनु भयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिदेव चौधरिले कोभिड १९ को यस अवस्थामा हात धुनुको महत्त्व झन बढेको बताउदै गाउँ गाउँमा हात धुने तरिका सिकाउन कार्यक्रम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई हात धुने तरिका सिकाउदै साबुन समेत वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.