Jilla Ban Notis

प्रतापपुरमा भेटिए कोरोना संक्रमित, नेपालमा २ सय ४३ पुग्यो ।

0 31

बैशाख–३१
आज साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी,रुपन्देही, कपिलवस्तु र पर्सामा कोरोना संक्रमित भेटिएको जनाएको छ । आजको थप २४ जना सँगै कोरोना संक्रमितको संख्या नेपालमा २ सय ४३ पुगेको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज मात्र थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नयाँ संक्रमित २४ जनामध्ये नवलपरासीको प्रतापपुरका १ जना,रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ रहेका छन् । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भएको छ । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । उता पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.