Jilla Ban Notis

प्रतापपुरमा गएराति आगलागी ,आगलागीवाट ६ लाख ३२हजार बराबरकाे क्षति।

0 62

नन्दु यादव

प्रतापपुर,जेठ १७

नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ । एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर आगलागी भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फाैजदार यादवले जानकारी दिए। आगलागीबाट अन्नपात, भैंसी, पाडाे, लत्ताकपडा, घर लगायतका सामान पूर्ण रुपमा जलेकाे छ । आगलागीवाट ६ लाख ३२हजार बराबरकाे क्षति भएकाे प्रमुख यादवले बताए । राति लामखुट्टे धपाउनकाे लागि बालेकाे आगाे सल्केेर आगलागी भएकाे हाे ।गएराति करिब १ बजेकाे समयमा आगाे लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकीहरुले राति नै आगाेलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए। उता जिल्लाकाे सिमासँग जाेडिएकाेे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनकाे क्षति हुँदै आईरहेकाे छ । आगाे लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानीयले बताएका छन ।

Leave A Reply

Your email address will not be published.