Jilla Ban Notis

प्रतापपुरको परसौनीमा समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम सुरु

0 101

प्रतापपुर,फागुन–१९

बैदेशिक रोजगार संग सम्बन्धित ब्यक्ति तथा परिवारका लागी दुई दिवसिय समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम प्रतापपुर २ परसौनी स्थित सामुदायिक भवनमा सुरु भएको छ ।
प्रतापपुर वडा नम्बर २ का वडाध्यक्ष ईश्वरी प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बैदेशिक रोजगारी संग सम्बन्धीत विदेशवाट फर्केर आएका फेरी जान तैयारी गरेका, सम्भावित कामदार र विदेशमा रहेका घर परिवार लगाएतको सहभागिता रहेको छ ।

नेपाल सरकार र स्वीस सरकार बीच भएको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधीक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत प्रतापपुर गाउपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा बुधबार देखी शुरु भएको हो ।

अभिमुखीकरण कार्यक्रम सुचना तथा परामर्श केन्द्र सेमरीकी परामर्शकर्ता एकता न्यौपाने, परियोजनाका रिटर्नी भोलिन्टियर रामु भुषालले सहजिकरण गर्नुभएको थियो ।
पहिलो दिनको कार्यक्रममा विदेश जानु अघि अपनाउनु पर्ने सावधानी, विदेशमा आउन सक्ने समस्या, विमा र श्रमको महत्त्व वैदेशिक रोजगारीमा आउने समस्याको कानुनी उपचार र नेपाल सरकारले प्रदान गर्ने निस्शुल्क सिपका बारेमा जानकारी जानकारी दिनुको थियो ।
कार्यक्रममा सरोकारवाला ३५ जनाको उपस्थिति रहेको थियोे भने कार्यक्रम दुई दिन सम्म चल्ने परियोजनाका समयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.