Jilla Ban Notis

प्रतापपुरको क्वारेन्टाईनमा ५० बेड पु¥याईने, राहत कोषमा सहयोग गर्न आह्वान ।

0 23
मोहन पौडेल
प्रतापपुर,  चैत –१८
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले त्रिभुवन क्याम्पस बेलाटारीमा बनाएको क्वारेन्टाईनमा ५० शैया पु¥याईने भएको छ । हाल त्यहाँ सात जना क्वारेन्टाईनमा बस्दै आएका छन् । क्याम्पसको गान्धी हलमा बेड अभावमा भुईँमै शंकास्पद व्यक्तिहरु राखिँदै आएको छ । बेलाटारीको उक्त क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन आज जिल्ला समन्वय समिति, नागरिक समाज, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र प्रतापपुर गाउँपालिकाका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।  उक्त बैठकले क्याम्पसका अन्य कोठाहरुलाई पनि प्रयोग गरी बेड थप्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो । क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुलाई आवश्यक न्यूनतम आधारभूत सुविधाहरु पनि पु¥याईने उहाँले बताउनुभयो ।   गुठिप्रसौनी र बैदौलीमा राखिएका व्यक्तिलाई पनि बेलाटारीकै क्वारेन्टाईनमा राखिने भएको छ । त्रिभुवन क्याम्पस बेलाटारीका अध्यक्ष नितेश गुप्ताले क्याम्पसले ३० वटासम्म बेड तयार गर्ने, नुहाउने वाथरुम, शौचालय, रेखदेखका लागि कार्यालय सहयोगी, ईन्टरनेटका लागि वाईफाई लगायतका सेवा दिन तयार रहेको बताउनुभयो ।    आवश्यक परेमा क्याम्पसका सञ्चालक तथा शिक्षक कर्मचारीबाट संकलन गरी नगद सहयोग गर्न पनि तयार रहेको अध्यक्ष गुप्ताले बताउनुभयो । उक्त क्वारेन्टाईनलाई व्यवस्थित र व्यवस्थापनका लागि प्रतापपुर–९ का वडाध्यक्ष हेमेन्द्र पंजियारको संयोजकत्वमा तीन सदस्यीय उपसमिति पनि गठन गरिएको छ ।
यसैगरी कोरोना नियन्त्रण तथा रोकथामका लागि विपद् व्यवस्थापन कोष सञ्चालन गर्ने र उक्त कोषमा सक्दो सहयोग गर्न राजनीतिक दल, संघ संस्था, व्यक्तिलाई आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहाले बताउनुभयो ।  हाल क्वारेन्टाईनमा बेड नहुँदा मानिसहरुलाई भुईँमै सुताईएको छ । समन्वयको अभावमा प्रतापपुरको क्वारेन्टाईन व्यस्थित हुन नसकेको पाईएको तर आजको अनुगमन र छलफलले अब व्यवस्थित हुने विश्वास गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताउनुभयो ।  अनुगमनमा सहभागि नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी र नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले विपद्को यो समयमा सवै जनप्रतिनिधि मिलेर नागरिकलाइ सम्बाभित जोखिमबाट बचाउन आग्रह गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.