Jilla Ban Notis

प्रतापपुरको उखु बारीमा युवतीको शव भेटियो ।

0 94

प्रेम चन्द रौनियार
प्रतापपुर,कार्तिक–१६
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.७ जनाथपुर मा एक युवतीको शव फेला परेको छ । गत कार्तिक १० गते देखि हराएकी युवतीको उखुँ बारिमा शवफेला परेको प्रहरिले जनाएको छ । प्रतापपुर–७ जगरनाथपुर वस्ने अन्दाजी २१ बर्षीय सोभा कोईरीको शव प्रहरीले फेला पारेको जनाएको छ ।

जिल्ला प्रहरि कार्यालय नवलपरासिका प्रहरी उपरिक्षक अजय के शि ले दिऐको जानकारी अनुसार कार्तिक १० गते देखि प्रतापपुर ७ जगरनाथपुर बस्ने हरेन्द्र कोईरीकी २१ बर्षीय छोरी सोभा कोईरी हराएकी थिईन ।

गत कार्तिक १० गते घरवाट साईकल लियर गएकि छोरीको शव आज प्रतापपुर ७ जगरनाथपुर स्थित पक्कि वाटो देखि करिब ५ सय मिटर पश्चिम दखिन कोनामा रहेको उखुवारिमा सडे गलेको अवस्थामा साईकल सहित फेला परेको प्रहरी उपरिक्षक के शि ले बताउन भएको छ ।

Leave A Reply

Your email address will not be published.