Jilla Ban Notis

प्रगती कृषक महिला समुह बर्दघाट–६ बेताहानीद्धारा थारु जितिया महोत्सव सम्पन्न् ।

0 139

कृष्ण ढकाल
बर्दघाट,असोज–३
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर–६,बेताहानीमा रहेको प्रगती कृषक महिला समुहले थारु जितिया महोत्सव–२०७९ सम्पन्न् गरेको छ । समुहकी अध्यक्ष रमिता थारुको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।

थारु जितिया महोत्सव–२०७९ को समुद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले धर्तीपुत्रका रुपमा परिचित थारुहरुको पहिचान र सम्मानको कदर गर्दै नगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको बताउनु भएको थियो । त्यसैगरी थारु कला तथा संस्कृति संरक्षणका लागि वेताहानीका महिला तथा पुरुषहरुले आयोजना गरेको जितिया महोत्वले नयां पुस्तालाई जानकारी दिन सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

बेताहानीको खुल्ला चौरमा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष रोहित थारुले आफुलाई नगरवाट आएको भक्ता सुविद्या को ७ प्रतिशत रकम वडावासीहरुका लागि खर्च गर्ने घोषणा गर्नु भएके थियो । उहांले घोषण गरेको रकम अनुसार मासिक ३ हजार रुपैया रहने गर्दछ ।
त्यसैगरी थारु अगुवा नेताहरु पशुपति चौधरी एवं मुद्रीका चौधरीले बर्दघाट नगरमा थारु संग्रहालय निमार्ण गर्ने देखि थारु छात्रावासको ब्यवस्था गर्न नगरपालिका समक्ष माग गर्नु भएको थियो । उहांहरुले थारुसमुदायका ब्यक्तीहरु अब आरक्षण कोटामा मात्र सिमिति नभै अध्ययनसिल भएर खुल्ला प्रतिस्पद्र्यामा जानेगरी तयारी गर्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा वडा नम्वर १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्ग लगाएत बिभिन्न सामाजिक संघ संस्थाका ब्यीक्तहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा सुस्ता,प्रतापपुर,बर्दघाट र सरावल पालिकाका विभिन्न समुहका २२ वटा समुहको सामुहिक झाम्टा तथा डन्डीया नाच र सामुहिक गायन प्रस्तुती प्रस्तुत् गरीएको थियो ।

प्रगती कृषक महिला समुहकी सदस्य लोक मणी चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रम अमृता चौधरी र झबिन्द्र चौधरीले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा सहभागि सबै समुहलाई प्रतिभा प्रस्तुत् गरेवापत नगद रकम प्रदान गरीएको थियो भने कार्यक्रम स्थल परिसरमा थारुका अनेक परिकारका खानाहरुको विक्रिवितरण समेत गरीएको थियो ।

 

Leave A Reply

Your email address will not be published.