Jilla Ban Notis

प्याब्सन सुनवलद्धारा प्राविस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न् ।

0 39

कृष्ण ढकाल
बर्दघाट,पुष–१५
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सुनवल को आयोजनामा प्राविस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न् भएको छ । सुनवल–४ मा अवस्थित सुनवल युनाइटेड सेकेन्डरी स्कुलमा सम्पन्न प्रतियोगितामा सुनवल नगरका १६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सुनवल १३ मा रहेको सिस्किन मा, बि, कि सृष्टि चौधरी प्रथम हुन सफल भएकी छन भने सुनवल ५ को न्यु स्टार माविका अभिनाष विक द्वितीय , सुनवल १२ रामनगर एकेडेमीकी रोशनी भट्टराई तिर्तिय र सुनवल ( ४ को सुनवल युनाइटेड माविका आशिका पौडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगीतामा सौगात रोका र अनुप विकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

सुनवल प्याब्सन नगर अध्यक्ष शंकरप्रसाद गौतमको अध्यक्षता र प्याप्सन नवलपरासी जिल्ला अध्यक्ष ईन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको हो । गोपाल बस्यालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश का सदस्य धन राज चापागाई ,प्याब्सन जिल्ला उपाध्य्क्ष डम्मर गुरुङ, जिल्ला सदस्य थमन शेरचन, नरिश्वर पौडेल,गोपाल बस्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले बिद्यार्थी हरुको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गरि उनीहरूलाई सफल वनाउनको लागि चित्रकला प्रतियोगिता महत्वपूर्ण रहेको बताएका थिए ।
मंगलवार भएको उक्त कार्यक्रमको संचालन प्याब्सन सुनवल का सचीव पदम चन्द ठ्कुरिले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.