Jilla Ban Notis

पृथ्वी चन्द्र अस्पतालका स्वास्थ्यकर्मीलाई पिपीई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण

0 53

उमेश बि.क
सरावल ,२६ चैत

नेपाली कांग्रेस नवलपरासीले पृथ्वी चन्द्र अस्पतालमा बुधबार स्वास्थ्यकर्मीलाई अत्यआवश्यक पिपीई , सेनीटाईजर , मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नको लागी पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहल र चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न जिल्लाका विभिन्न अस्पतालहरुमा खटिएका स्वास्थ्यकर्मीहरु को स्वास्थ्य सुरक्षाका लागी सुरक्षा सामाग्री वितरण गरिएको सांसद कण्डेलले बताउनु भएको छ । विशेष गरी संक्रमण सम्भावित व्यक्तिहरुको नियमित उपचारमा खटिनु पर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यकर्मीहरु लाई सुरक्षित राख्नु हामी सबैको कर्तव्य भएकोले सुरक्षा सामाग्री वितरण गरिएको सांसद कण्डेलले बताउनु भयो । एकातिर देश लकडाउनमा रहेको छ भने अर्कोतिर यसको महामारीका कारण हरेक जनतामा त्रासको वातावरण फैलिरहेको छ । मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । तर स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी आफ्नो ज्यानको प्रवाह नगरी दिनरात खटिरहेका छन् । यसैगरी स्वास्थ्यकर्मीहरु को स्वास्थ्य सुरक्षाका लागी सुरक्षा सामाग्री जिल्लाका अन्य अस्पताल , प्राथमीक स्वास्थ्य केन्द्र , क्वारेन्टाइनहरुमा समेत वितरण गर्ने योजना रहेको पार्टी सभापति पौडेलले जानकारीदिनु भएको छ । स्वास्थ्य सामग्री हस्तान्तरणमा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु प्रसाद पौडेल,पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेल,प्रदेश सभा सदस्य वैजनाथ जैसवाल,जिल्ला समन्वय समिति संयोजक शिवसंकर राय, प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, पृथ्वीचन्द्र अस्पताल मे.सु.डा.नुर होदा ,जिल्ला सह(सभापती सुबाश चन्द्र गिरी,पार्टीका नेता अनिल गौड, सुनिता श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.