Jilla Ban Notis

पृथ्वीचन्द्र अस्पतालका लागि अर्थ मन्त्रालयले दियो थप तीन करोड रुपैयाँ

0 18

बर्दघाट,जेष्ठ–१३
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा आईसीयू भेन्टिलेटर ब्यवस्थापन गर्नका लागि अर्थमन्त्रालय मार्फत तीन करोड रुपैयाँको सहमति दिइएको छ ।
कोभिड–१९ का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरीरहदा पृथ्वीचन्द्र अस्पतालका लागि तीन करोड रुपैयाँ परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो ।

Leave A Reply

Your email address will not be published.