Jilla Ban Notis

पृथ्बी चन्द्र अस्पतालको जग्गा उपभोगको बिषयमा अध्ययन गर्न राजनितीक दलहरुको माग

0 15

गौरीशंकर जयसवाल

परासी १२ असार
डा बिनोद निता कंडेल आ“खा अस्पताल र नेपाल रेडक्रस सोसाईटी ले उपभोग गरेको पृथ्बी चन्द्र अस्पतालको जग्गा उपभोगको बिषयमा अध्ययन गर्न राजनितीकदलहरुले माग गरेका छन । आज पृथ्बीचन्द्र अस्पतालमा भएको सर्बदलिय बैठकबाट राजनितीदलहरुले यस्तो माग गरेपछि अस्पतालले अवश्यक पहल गर्ने निर्णय गरीएको हो । बैठकले अस्पतालको गुणस्तरीय सेवाप्रवाह बृद्धि गर्न अस्तपालमा सेवा प्रवाह गर्ने निर्णय भएको अस्पताल बिकास समितीले जानएको छ ।

चित्किस तथा स्वास्थ्यकर्मीहरुलाई निधक्क रुपमा सेवा प्रवाह गर्नकोे लागि अस्पतालको अन्तरिक तथा बह्य शान्ति सुरक्षा बातावरण निमार्ण गर्न सम्पूर्ण राजनितीकदलहरुले प्रतिबद्धता रहने निर्णय भएको पृथ्बीचन्द्र अस्पताल बिकास समितीका अध्यक्ष जगदीश चौधरीले बताए । सबर्दलिय बैठकले अस्पतालमा आउने पोष्टमार्ट केशहरु रातकोे समय नगर्ने निर्णय भएको पृथ्बीचन्द्र अस्पताल बिकास समितीका अध्यक्ष जगदीश चौधरीले बताए । उनको अनुसार स्वास्थ्य सेबा निर्देशिक बमोजिम सुर्योदय र सुर्यास्त भित्रको समयमा गर्ने पोष्टमार्टम गर्ने निर्णय गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।बैठक सकिए लगतै पत्रकार सम्मलेन गरी अस्पतालबाट हुने सेवा प्रवाहका बारेमा जनकारी गराउदै अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटन्डेन्ट डा नुरुलहोदाले अस्तपालले पहिलो पटक डेण्टल सेवा संचालन गरेको र अब केही फिजियोथेरापि सेवा संचालन हुने भएको बताए । चौबिसै घण्टा सामन्य जटिलातायुक्त शल्यक्रियाद्धारा प्रसुति सेवा र ए.आर टी सेवा एच आई भी उपचार केन्द्रबाट २ सय ११ जनालाई उपचार सेवा दिएको होदाले बताए ।

Leave A Reply

Your email address will not be published.