Jilla Ban Notis

पुस्कर शाह सहित जेसीसको टोलीद्धारा भैरहवा देखि त्रिवेणी सम्म साईकलिङ्ग ।

बर्दघाटमा बर्दघाट साईकलिङ्ग समुहले जलपानले स्वागत गर्यो

0 40

कृष्ण ढकाल

बर्दघाट,असोज १७
मानव स्वास्थ्य र वातावरणको लागि उपयुक्त मानियको साईकल राइडरहरुको टोलीले आज भैरहवा देखि त्रिवेणी सम्म साईकलिङ्ग गरेको छ । भैरहवावाट शुरु भएको साईकलिङ्ग यात्रामा ८ वर्षका बालक देखि ६० बढी उमेर समुहका पुरुष र केहि महिला साइकल राइडरहरुको समेत सहभागिता रहेको थियो ।
सिदार्थ जेसीसको आयोजनामा भएको उक्त भैरहवा – त्रिवेणी साईकलिङ्ग यात्रामा साइकलमा नेपालको झण्डा बोकेर मुलुक चिनाउन संसार घुमेका साइकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाहको साथमा करिव १ सय ५० जनाको सहभागिता रहेको पत्रकार तथा सिदार्थ जेसिसका दिपेश पछाईले जानकारी दिनु भएको छ । भैरहवावाट परासी भुमहि हदै १० बजे बर्दघाट आईपुगेको साइकल राइडरहरुको टोलीलाई बर्दघाटमा बर्दघाट साईकलिङ्ग समुह ले जलपानले स्वागत गरेको थियो ।   स्वास्थ्य र वातावरणसंगै आन्तरीक पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्नमा साईकल राइडरहरुवाट केहि सहयोग पुग्ने विस्वासका साथ उक्त साईकल यात्रा तयगरीएको बर्दघाटका साईकल राइडर सुर्वण न्यौपानेले बताउनु भएको छ ।
देशका हरेक जिल्लाहरुमा पछिल्लो समय मानव स्वास्थ्य र वातावरणको हिसावले उपयुक्त भन्दै साइकल राइडरहरु संगठीत समेत हुदै गएका वेला आफुहरुले पनि विहानी समयमा साईकलीङ्गर्दा प्रायजसो बर्दघाटका आन्तरीक पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्नमा सहयोग पुगोस भनेर भिडियो सहित आफुहरुले सामाजिक संजालमा पोष्टींङ् गर्ने गरेको साईकल राईडर दिनेश न्यौपानेले बताउनु भएको छ । बर्दघाटमा पनि अहिले ८ जानको एउटा बर्दघाट साईकलिङ्ग समुह गठन समेत भएको छ ।

Leave A Reply

Your email address will not be published.