Jilla Ban Notis

पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृती दिवस मनाइयो ।

0 32

सुनवल,श्रावण–७

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ समन्वय समिति २ ख लेनेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृती दिवसमनाएको छ । नेकपा प्रदेश ५ समन्वय समितिकी प्रदेश समयोजक सरस्वती सुवेदीको अध्यक्षता तथा नेकपा पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारीको प्रमुख आतिथ्यतामा बुधबार कमिटिले सुनवलको बनकट्टिमा अवस्थित शहिद विष्णु पाण्डेको प्रतिष्ठानमा एक कार्यक्रमकोआयोजना गरि दिवस मनाएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्षतिवारीले राणा शासनको विगविगी भएको अवस्थामा एउटा कम्युनिष्ट पार्टीको आवश्यकतामहसुस गरि कमरेड पुष्पलाल सस्थापक महासचिव भएको र सोही समय कम्युनिष्ट पार्टीकोस्थापना भएको बताउदै आज त्यसैको जगमा टेकेर बृहत नेकपा स्थापना हुन सफल भएकोबताउनुभयो । उहाँले बीच बीचमा धेरै पटक छुट फुट भई पार्टी यहाँ सम्म आएको र यसकोईतिहास कसैले पनि मेटाउननहुने भन्दै हाल नेकपा पार्टीमा देखिएको गतिरोध चाडै अन्त्यहुने बताउदै आ आप्नो ठाउबाट पार्टी एकता टुंगोमा पुर्याउन सबैले दबाव दिनुपर्ने रफुटको राजनिति कसैले पनि गर्न नहुने कुरामाथि जोड दिनुभयो ।
सोही अवसरमाविशिष्ट आतिथीको रुपमा बोल्दै नेकपा प्रदेश ५ सचिवालयका प्रदेश सदस्य घनश्याम यादवले कम्युनिष्ट पार्टीमा बेला बेलामा विचार बहस भइरहदा पार्टी फुट्छ की भन्ने चिन्ता नलिनआग्रह गर्नुभयो । साथै उहाँले शहिल पुष्पलालले अन्याय र राजा विरुद्धको लडाई सुरुगरेको र कम्युनिष्ट पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र अन्त्य गरेकै फलस्वरुप नेपालमा दुईतिहाईको नेकपा सरकार निर्माण भएको र अब पार्टी र सरकार जोगाउने जिम्मा तपाईहाम्रै रहेको बताउनुभयो । सो अवसरमा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य खिमलालपोखरेल, नेकपा प्रदेश, जिल्ला, गाउ कमिटिका पदाधिकारीहरु, लागएतको उपस्थितीकार्यक्रममा नेकपाकी विमला अर्यालको स्वागत मन्तब्य रहेको थियो ।

Leave A Reply

Your email address will not be published.