Jilla Ban Notis

पाल्हीभगवती मन्दिरमा सरसफाई

0 49

गौरीशंकर जयसवाल

परासी ६ कार्तिक
पश्चिम नवलपरासीमा बिजया दशमीको अवसर पारेर पाल्हीभगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ । पाल्हीनन्दन गाउँपालिकाको वडानं ४मा रहेको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा सरसफाई गरिएको हो । मन्दिर भित्र वरिपरि लगायतको क्षेत्रमा सुरक्षाकर्मी र स्थानियहरुले सरसफाई गरेका थिए ।

पाल्हीनन्दन गाउँपालिकाको बिशेष पहलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय र गाउँपालिकाको नगरप्रहरी कर्मचारीहरुले मन्दिरको क्षेत्र भित्र र वरिपरी पूर्ण रुपमा सररफाई गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी दिए ।

गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि मन्दिर समितिलाई तीन वटा डस्बीन प्रदान गरेको र थप दुई डस्बीन दिने आवश्वन दिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले बताए । उनले मन्दिरलाई थप पर्यटकहरुको अकषर्ण गर्नका लागि बिकास निमार्ण आवश्यक देखिएकाले त्यसका लागि गाउँपालिकाले ६० लाखमा बजेट बिनीयोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बिशेष गरी सतमी र नवरात्रीमा उक्त मन्दिरमा भक्तजनहरुको ठूलो घूईचो लाग्ने गरेको र नवरात्रीमा पाल्हीभगवती मन्दिर व्यवस्थापन समितीका अध्यक्ष एव पूर्व गृहराज्यमन्त्री सघिय सासद देबेन्द्रराज काण्डेलले बताए ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री तथा सघिय सासद देबेन्द्रराज काण्डेलको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश सासद बैजनाथ जैसवाल, गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपक,जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसी र स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.