Jilla Ban Notis

पाल्हिनन्दन गाउंपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै ।

0 15

बर्दघाट,असार–२३
नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउंपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुदै गएको छ । गत वर्ष १ सय जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिईएको यस वर्ष २ सय जनालाई रोजगारी दिन सफल भएको पाल्हिनन्दन गाऊपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांक अनुसार गत आ.व.मा १५ देखि २० दिन सम्म सुचिकृत भएका गाउपालिका क्ष्ँेत्र भित्रका बेरोजगारहरु लाइ आफ्नै गाउ घर का बिकास निर्माण र मर्मत सम्भार मा काम गराईएको थियो ।
कोरोना महामारिले प्रभावित अति बिपन्न समुदाय र महामारिका कारण चुल्हो बल्न समस्या भयका परिवार लाई खाधान्न राहत दिन भन्दा उनीहरुलाई बेरोजगारहरुको सुचिमा दर्ता गराएर प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम लिएर दाम दिने कार्य भैरहेको छ । अहिले पाल्हिनन्दन गाऊपालिकाको रोजगार सेवा केन्द्रले केन्द्रमा दर्ताभएका २ सय जनालाई १५ देखि २० दिन को रोजगारी प्रदान गरेको छ । उनीहरुले यतिवेला सडकमा गिठी फिजाउने,मठ मन्दिर तथा सार्वजनिक स्थलको सरसफाई गर्ने,सडक तथा ढलहरु सफा गर्ने जस्ता कार्यमा लगाईने गरीएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.