Jilla Ban Notis

पालिकास्तरमा पूर्ण खोप समिक्षा पूर्ण खोप दिगोपना योजना गोष्ठी सम्पन्न

0 58

गौरीशंकर जयसवाल

परासी ६ माघ

पश्चिम नवलपरासीमा पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबद्र्धन अभिमुखिकारण र दिगोपना लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीले रामग्राम नगरपालिकाका प्रमुख उपप्रमुख स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य शाखा प्रमुख वडाअध्यक्ष कर्मचारीहरुको सहभागितामा नगरपालिका पालिकास्तरमा पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र दिगोपना लागि योजना तयारी गोष्ठी गरेको हो ।

पूर्ण खोप समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबद्र्धन अभिमुखिकारण र दिगोपना लागि योजना तयारी गोष्ठीमा कार्यालले जिल्लाको पूर्ण खोपको अवस्था र अगामी दिनमा पालिकामा गर्नुपर्ने काम बारे स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी गराएका थिए ।

राष्टिय खोप कार्यक्रमको महत्व अवस्था उपलब्धि र चुनौती बारे ,खोप सेवा संचालन प्रक्रिया खोप कोल्डचेन व्यवस्थापन ,पूर्णखोप सुनिश्चिता र दिगोपनाको औचित्य र प्रक्रियाको तथा खोप कार्यक्रमाा स्थानिय तहको भूमिका र जिम्मेवारीबारे छलफल नियमित खोप जानकारी गराई सोको निरन्तारता दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रमुख पन्थीले बताए । पूर्ण खोपलाई दिगोपना बनाउनको लागि पहल गर्ने र जन्मेको १५ महिनासम्मका बालबालिकालाई रोग लाग्ने दर मृत्यु घटाउने बिभिन्न १३ प्रकारको खोप लागाउपर्ने पन्थीले जानकारी दिए ।

क्षयरोग भ्यागुते रोग लहरखोकी धनुष्टकार हेपाटाइटिस बि हेमोफिलम इन्प्ल्यूएञा बी पोलियो दादुरा रुबेला निमोनिया लागयत रोकथाम गर्ने लक्षित गरी बालबालिकाहरुलाई खोप दिने गरिएको स्वास्थ्य कार्यालयका बरिष्ठ मलेरिया निरीक्षक देबीलाल पौडेलले जानकारी दिए ।

स्वास्थ्य कार्यालय नवलपरासीको ताथ्याडक बिगतमा तीन बर्षको तथ्याड्ड हेर्दा २०७६।०७७मा ७७.७ प्रतिशत आ.बा २०७७।०७८मा ८३.६ र गत आ ब.२०७८।०७९मा ९८.९ प्रतिशत पूर्ण खोप कभरेज रहेको छ । त्यस्तै जिल्लामा १०१.८ प्रतिशत कोभिड १९बिरुद्धको खोपको पहिलो मात्र सतप्रतिशत पूर्ण डोज र ५३.१ प्रतिशत बुस्टर डोज लगाईएको तथ्याड्ड स्वास्थ्य कार्यालय सर्वजनीक गरेको छ । कार्यक्रममा नगरपालिकाको नगर–उपप्रमुख सम्झना चौधरी अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक सुरज हरिजन वडाध्यक्षहरु लगायतले अ–आफनो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.