Jilla Ban Notis

पार्टिले गरेका कमी कमजोरीहरुलाई सुधार गरेर अगाडी बढ्नुपर्छ ः नेता पुन

0 54

उमेश बि.क.
सरावल,माघ–२८
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पार्टिले गरेका कमी कमजोरीहरुलाई सुधार गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
सुस्ता गाउपालिका पश्चिम नवलपरासीका अध्यक्ष एवं नेपाली कांग्रेस का जिल्ला सदस्य टेकनारायण उपाध्यायको धर्मपत्नी सरस्वती ढकालको निधन भएको ७ औ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभारोहमा बोल्दै प्रदेश सभापति पुनले सो कुरा बताउनु भएको हो ।
प्रदेश सभापति पुनले पार्टिका नेता एवं कार्यकर्ताले आफु भए ठिक नभए बेठिकको संस्कारलाई त्यागेर पार्टिमा मौलाएको गुट उपगुट लाईसदाको लागी अन्त्य गनृुपर्ने जिकिर गर्नुभयो । नेपाली कांग्रेस सुस्ता गाउकमिटिका सभापति रविन्द्र जयसवालको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभारोहमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनथ जयसवाल , प्रतापपुर गाउपालिका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सचिव उमेशचन्द्र यादव, ने.का. क्षेत्रिय सभापति मुकुल कुमार आचार्य , नारायण प्रसाद पाण्डेय, लगायतले शोक मनतव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा पार्टिका ल’म्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल , ने.का. पश्चिम नवलपरासीका सभापति अर्जुन कुमार पोखरेल , प्रदेशसभा सदस्य देवकरण कलवार , बिश्वप्रेम पाठक,लगायत नेता कार्यकर्ता भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि र परिवारजनको उपस्थिती रहेको थियो । स्वर्गीय सरस्वती ढकालको उपचारको क्रममा काठमाण्डौमा माघ २२ गते निधन भएको थियो भने उनको अन्तिम संस्कार त्रिवेणी घाटमा भएको कार्यक्रम संचालक एवं ने.का. सुस्ता गाउँ कमिटीका सचिव नारायण प्रसाद भण्डारीले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.