Jilla Ban Notis

पारीजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटद्धारा वृक्षारोपण शुरु

0 147

कृष्ण ढकाल
बर्दघाट,श्रावण–२६
पारीजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले २५ औं सामुदायिक वन दिवसको अवसर पारेर आफ्नो मर्चाघोला वन क्षेत्रमा आज देखि वृक्षारोपण कार्य शुरुगरेको छ । आज वृक्षारोपण स्थलमा एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण कार्यको शुभारम्भ गरेको थियो । पारीजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष्ँ चुडामणि भण्डारीको अध्यक्षा र बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख राम नारायण शाहको प्रमुख आतिथयतामा उक्त कार्यक्रमको शुभारम्भ गरीएको थियो भने समुहका उपाध्यक्ष आनन्द पुरीको स्वागत मन्तव्यवाट शुरु भएको वृक्षारोपण शुभारम्भ कार्यक्र्रमको संचालन समुहका सचिव कृष्ण प्रसाद न्यौपानेले गर्नुृभएको थियो । सो क्रममा सामुदायिक वन महासंघ प्रदेश नम्बर ५ की प्रदेश सदस्य लक्ष्मी बर्तौला,सामुदायिक वन उपभोक्ता माहासंघका जिल्ला अध्यक्ष कमल परियार,बर्दघाट नगरका विभिन्न राजनितिक दलका प्रतिनिधि एवं संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख राम नारायण शाहले अतिक्रमण हुने सम्भावना बढेको वनक्ष्ँेत्रमा वृक्षारोपण गरेर राम्रो कार्य गरेको बताउनु भएको थियो । उहांले वस्तीछेऊमा रहेका खाली वनक्षेत्रहरुको संरक्षणगर्न सामुदायिक वनहरुले विषेश ध्यानदिन जरुरी रहेका बताउनु भएको थियो ।
समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान भन्ने मुल नाराका साथ शुरुगरीएको वृक्षारोपण कार्यमा १ हजार २ सय ५० वटा विरुवा रोप्ने तयारी गरीएको पारीजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुडामणि भण्डारीले बताउनु भएको छ। उहांका अनुसार अहिले करिब ५ हेक्टर क्षेत्रफलमा बकाइनो, आंप, टिक, सिमल लगाएतका विरुवाहरु लगाउन लागिएको छ ।

Leave A Reply

Your email address will not be published.