Jilla Ban Notis

पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघााटको वार्षिक साधारण सभा सम्पन्न्

0 76

कृष्ण ढकाल
बर्दघाट,फाल्गुन–१५
पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–४,बर्दघााटको २२ औं वार्षिक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष चुडामणी भण्डारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले सामुदायिक वनहरु आयमुलक र सिपमुलक कार्यहरु तर्फ लाग्नका लागि आग्रह गर्नु भएको थियो । त्यसैगरी बजारको फोहर ब्यवस्थापन गर्नका लागि सामुदायिक वनहरुसंग नगरपालिका सहकार्यगरी अघिबढ्ने समेत बताउनु भयो । उहांले वनक्षेत्रमा पार्क बनाउने देखि मानव निर्मित सिमसार क्ष्ँेत्रहरु निमार्ण गरीरहेको समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,बर्दघाट सरवल सब डिभिजन वन कार्यालय नवलपरासीकाका प्रमुख गिरीराज पन्त लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष आनन्द पुरीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

२०५४ सालमा संस्था स्थापनागरी २०६० सालमा विधिवत दर्ता भएको पारिजात सामुदायिक वन उपभोक्ता समुहमा अहिले ३ हजार ८ सय ९३ उपभोक्ता घर धुरी संख्या रहेको छ । जस्मा १९ हजार ४ सय २७ जनसंख्याले सो वनको उपयोग गरेको वनको तथ्याकमा उल्लेख गरीएको छ ।
बर्दघाट नगरपालिकाको वडा नम्वर ४,६?१२ र १३ सहित सरावल गाउंपालिकाको ६ र ७ नम्वर वडामा यस पारिजात सामुदायिक वन उपभोक्ता समुहको सेवा क्ष्ँेत्र रहेको छ । ४ सय ७ दशमलव १५ हेक्टर बैज्ञानीक वन ब्यवस्थापन रहेको पारिजात सामुदायिक वनले असार मसान्त सम्म २५ लाख ५८ हजार ३ सय २८ रुपैया बरावरको वार्षिक कारोवार गरेको आफ्नो प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.