Jilla Ban Notis

पारिजात सामुदायिक वन,न्यु भिजन मिडिया प्रालि र महेश इन्जिनियरिङ एन्ड कन्ट्रक्सन प्रालिद्धारा आर्थिक सहयोग ।

0 28

कृष्ण ढकाल
बर्दघाट, चैत्र–२३
पारीजात सामुदायिक बनले बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ६५ हजार आर्थिक सहयोग गरेको छ । सामुदायिक बनको चैत्र २२ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार सामुदायिक बनको कार्यक्षेत्र भित्र रहेका अति विपन्न परिवारका लागि लक्षित हुनेगरी राहात वितरण गर्नका लागि स्थानिय तहहरुलाई सहयोग रकम हस्तान्तरण गर्ने समितिको निर्णय अनुसार बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ६५ हजार आर्थिक सहयोग गरेको अध्यक्ष चुडामणी भण्डारीले बताउनुभएको छ । त्यसैगरी सरावल गाउँपालिकालाई पनि ३५ हजार सहयोग गर्ने निर्णय गरिएको भण्डारीले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भयो । आज समितिका अध्यक्ष भण्डारीको नेतृत्वमा नगरपालिका पुगेर बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई सहयोग रकमको चेक हस्तान्त्रण गरीएको थियो । सोही क्रममा सामुदायिक वन समुहले लकडाउनको मौका छोपी वनक्षेत्र प्रबेश गर्ने र तस्करी गर्नेहरुलाई बढेको जानकारी नगर प्रमुखलाई गराउदै नियन्त्रण गर्न प्रहरी प्रसाशनसंग समन्वय गरीदिन आग्रह समेत गरेको थियो । सोही क्रममा नगर प्रमुख वस्यालले शसस्त्र प्रहरीसंग कोओडीनेसन समेत गर्नु भएको थियो ।

बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा न्यु भिजन मिडिया प्रालिको पनि सहयोग ।

नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । संस्थाको गृहनगर समेत रहेकोले बिपद्का बेला थोरै रकम भएपनि बर्दघाट नगरपालिका मार्फत नगरवासीका लागि सहयोग गरेको प्रालिका संचालक तथा प्रबन्ध निर्देशक रवि पाण्डेयले बताउनुभयो । सो रकम बराबरको चेक प्रालिका प्रबन्ध निर्देशक पाण्डेले बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याललाई प्रदान गर्नु भएको थियो । । त्यस्तै मिडिया क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि मात्रै भएपनि सहयोग गरेको पाण्डेयको भनाई थियो । चेक हस्तान्तरण पछि नगर प्रमुख बस्यालले मिडिया सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मिडियाको सहयोगले अतिविपन्नका लागि ऐक्यबद्धता तथा सन्देश प्रवाह गरेको बताउनुभयो । सो प्रालिले स्थानीय पत्र साप्ताहिक, बर्दघाट पोष्ट दैनिक र अनलाइन संस्करण संचालन गर्दै आएको छ ।

महेश इन्जिनियरिङ एन्ड कन्ट्रक्सन प्रालिले गरयो ५० हजार सहयोग ।

बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा महेश इन्जिनियरिङ एन्ड कन्ट्रक्सन प्रालि बर्दघाटले ५० हजार रुपैया सहयोग प्रदान गरेको छ । प्रालिका संचालक मनोज खनालले नगर प्रमुख धिरज शर्मा बस्याल लाई सो रकम बराबरको चेक प्रदान गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.