Jilla Ban Notis

पश्चिम नवलपरासीका प्रहरी प्रमुख आचार्यको बिदाई ।

0 43

परासी, १९ वैशाख

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख लालमणि आचार्यलाई बिदाई गरिएको छ । प्रहरी उपरीक्षकबाट बढुवा भई वरिष्ठ प्रहरी उपरीक्षक भएपछि प्रहरी प्रधान कार्यालय कल्याण शाखामा पदस्थापना हुनुभएका आचार्यलाई आज पश्चिम नवलपरासीका राजनीतिक दल, सामाजिक संघ÷संस्थाहरुले सामूहिक विदाई गरेका हुन् ।
नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष शम्भु उपाध्याय, सल्लाहकार गुरुप्रसाद शर्मा, रघुनन्दन पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, सचिव राजकुमार रेश्मी, प्रेस संगठनका सहसंयोजक मोहन पौडेल, उद्योग वाणिज्य संघका जिल्ला उपाध्यक्ष नगेन्दं्र अग्रहरी, राजेश गुप्ता, महासचिव गिरीराज पाण्डे, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, नेकपा नेतृ लक्ष्मी क्षेत्री, स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डे, जनता समाजवादी पार्टीका नेता विजय अग्रहरी लगायतले एसपी आचार्यलाई दोसल्ला, खादा र फुल लगाई विदाई गर्नुभएको हो ।
सहभागिहरुले जिल्लामा रहँदा एसपी आचार्यले सबैको समन्वयमा राम्रो कार्यसम्पादन गरेको भन्दै आगामी दिनको उज्वल भविष्यको कामना गरेका थिए भने एसपी आचार्यले पनि जिल्लामा आफू रहेको ११ महीनाको कार्यकालमा सवैको सहयोग रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । एसपी आचार्य आजै काठमाण्डौँ प्रस्थान गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.