Jilla Ban Notis

पर्वत–नवलपरासी सम्पर्क समाजको बर्दघाट नगर स्तरिय तदर्थ समिति गठन

0 19

रामु भूषाल
बर्दघाट,फागुन–२९
पर्वत जिल्लाबाट बसारँईगरी विभिन्न कामको शिलशिलामा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बसोबास गर्दै आएका पर्वतेलीहरु संगठीत भएका छन् । यसैक्रममा पर्वत–नवलपरासी सम्पर्क समाज नवलपरासीको आयोजनामा शनिबार बर्दघाटमा भएको प्रथम नगर स्तरिय भेलाले बर्दघाट नगर स्तरिय तदर्थ समिति गठन गरेको छ ।
समाजका जिल्ला अध्यक्ष टेक बहादुर आरसीको अध्यक्षतामा समपन्न भेलाले कृष्ण प्रसाद लामिछानेको संयोजकत्वमा ११ सदस्यिय तदर्थ समिति गठन गरेको हो । जसको सह समयोजक मोहन सापकोटा, सदस्यहरुमा मोहन गुरुंग, तारा प्रसाद गौतम, लिलाराम अधिकारी, गणेश प्रसाद घिमिरे, मन बहादुर पुन, हेमलाल जैसी, भैरव पुरी, सावित्री खत्री र दिल कुमारी हमाल रहनुभएको समाजका जिल्ला जिल्ला सल्लाहकार रामु भुषालले जानकारी दिनुभयो ।
सो अवसरमा मोहन सापकोटा, कृष्ण प्रसाद लामिछाने, गणेश प्रसाद घिमिरे, लिलाराम अधिकारी, नेत्र कुमारी क्षेत्री लगाएतले पर्वत जिल्लाको महत्व र हालको अवस्था बारे मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुले पर्वतबाट विभिन्न शिलशिलामा बसाँईसरी पश्चिम नवलपरासीमा बस्दै आएका पर्वतेलीहरुलाई आवद्ध गराउँदै आपसी एकता, सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । समाजका जिल्ला उपाध्यक्ष सोविर पुनको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव भरत पौडेल क्षेत्रीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.