Jilla Ban Notis

परिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटको २१ औँ बार्षिक साधारणसभा सम्पन्न ।

0 98

रामु भुषाल
बर्दघाट,पौष–१९
परिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीको २१ औँ बार्षिक साधारणसभा तथा नेतृत्व चयन कार्यक्रम शनिबार बर्दघाटमा सम्पन्न भएको छ । समुहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले नगरले विकास निर्माणका काम धेरै गरेपनि वन संग सम्बन्धित कामहरु गर्न बाकि रहेको बताउनु भयो । अहिले प्रदेश सरकारले प्रदेश ५ को मुख्य द्धार बर्दघाटमा स्र्माट शौचालय बनाउने भएको हुदा सो का लागी वनले जग्गा उपलब्ध गराउनुपर्ने परिस्थिती रहेको बताउनुभयो । साथै उहाँले नगरले अघि सारेको प्रतिष्ठित योजना ईको एजुकेशनल पार्क पनि वन नितिका कारण ढिला भएको र यस सामुदाियक वनले केही आफ्ना कार्य योजनाहरु परिर्माजित गर्दै अगाडी बढ्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै सामुदायिक वन महासंघकी केन्द्रिय सदस्य गिता चौधरीले वनमा सबै किसिमले समावेशी गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । साथै उहाँले नेतृत्व गर्न चाहने उपभोक्ताहरुलाई कुनै पनि बहानामा अंकुश लगाउन नपाइने बताउनुभयो । सो अवसरमा विशेष अतिथीको रुपमा बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, समाजसेवी सरिता खनाल, बर्दघाट खानेपानीका अध्यक्ष ईन्द्र कुमार राना, समाजसेवी रुद्र प्रकाश उपाध्याय, सल्लाहकार ईन्द्र प्रसाद सापकोटा, नेपाली कांग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, समाजसेवी विश्वप्रेम पाठक, कार्यदलका नेकपा प्रतिनिधि पुण्य प्रसाद पौडेल, कार्यदल नेपाली कांग्रेस प्रतिनिधि दामोदर जिसी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सो अवसरमा अध्यक्ष भण्डारीले बार्षिक प्रगति प्रतिबेदन, लेखा समयोजक राधा देवी अधिकारलिे लेखा सुपरिवेक्षण सिमितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने बन्द सत्रमा कोषाध्यक्ष आनन्द पुरीले २४ लाख ८१ ह्जार ८ सय २० रुपिया बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समुहको विभिन्न गतिविधि लगाएत अग्नि नियन्त्रणमा विशेष सहयोग गर्नुहुने हरुलाई मायाको चिनो सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । बर्दघाटको वडा नमबर ४, ६, १२, १३ र सरावलको ६ र ७ कार्य क्षेत्र रहेको यस वनमा ३ हजार ८ सय ५६ घरधुरीका उपभोक्ता रहेको वनको क्षेत्रफल ४ सय ७ दशमलव १५ हेक्टर रहेको छ भने सो वन बैज्ञानिक वन ब्यवस्थापनमा रहेको छ । समुहका कोषाध्यक्ष आनन्द पुरीकोे स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद न्यौपानेले गनुृभएको थियो । सम्पन्न साधारण सभाले आागमी ३ बर्षका लागी पुन चुण्डामणी भण्डारीको अध्यक्षतामा नया २५ सदस्य नया कार्य समिती चयन भएको छ । जस्को उपाध्यक्षम आनन्द पुरी ,सचिवमा कृष्ण प्रसाद न्यौपाने ,कोषधायक्षमा पवित्रा कुमारी रेग्मी र सह सचिवमा मञ्चु चालिसे लगाएत चयन हुनु भएको छ ।

Leave A Reply

Your email address will not be published.