Jilla Ban Notis

परासी मेलामा कुस्तीको रौनक, प्रमोद खरेलको बेजोड प्रस्तुति ।

0 57

मोहन पौडेल

परासी, १२ मंसिर

परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा कुस्ती(दंगल) प्रतियोगिताले मेलाको रौनक बढाएको छ । मेलामा बुधबारदेखि शुरु भएको कुस्ती प्रतियोगिता हेर्न दर्शकहरुको उत्साहजनक सहभागिता थियो । नेपालसहित भारतको दिल्ली, हरियाणा लगायतका प्रख्यात पहलमानहरुको सहभागितामा कुस्ती प्रतियोगिता सञ्चालन भईरहेको खेलकुद संयोजक रमेश यादवले बताउनुभयो । कुस्ती प्रतियोगिता भोलीसम्म सञ्चालन हुनेछ ।

मेलामा आर्थिक कारोबार पनि बढ्दो रहेको मेला सचिवालयले जनाएको छ । औद्योगिक व्यापार मेलामा करिव डेढ सय स्टल रहेका छन् । विशेष आकर्षणको रुपमा भोजपुरे खुकुरी, पाल्पाली सुन्तला, पाल्पाली ढाका, कृषि प्रदर्शनी, लघु उद्यमीका उत्पादन, हस्तकला, छाला तथा जुत्ताचप्पल, कपडा लगायतका व्यवसायिक स्टलहरु आर्थिक कारोबार बढेको मेला प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेलाको आज दशौँ दिन पनि दर्शकहरुको उत्साजनक सहभागिता रहेको थियो ।  नवलपरासी औद्योगिक व्यापार मेलामा नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्षलाई समेत मध्यनजर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रवेशद्धार पशुपति नाथ मन्दिरको झल्को दिने गरी बनाईएको छ भने रामग्राम स्तुपको प्रवद्र्धनका लागि रामग्राम स्तुपको आकृत्ति तथा मायादेवी मन्दिर पनि निर्माण गरिएकोले पर्यटन प्रवद्र्धनलाई थप टेवा पुगेको आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । मेलामा आज बहुचर्चित नेपाली आधुनिक गायक प्रमोद खरेल, हांस्य कलाकार महादेव त्रिपाठी, रवि कुमार रिमाल, राजकुमार श्रेष्ठ ,रमेश श्रेष्ठ मेलोडी, लगायतको प्रस्तुति रहेको थियो । भोली एघारौँ दिन चर्चित भोजपुरी गायक धनन्जय धडकन, श्रीनिवास चौधरी, मोडल रीया श्रेष्ठ लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक तारा आचार्यले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.