Jilla Ban Notis

परासी मेलाको बीस हजार बढी दर्शकद्धारा अवलोकन, डेढ करोडको कारोबार ।

0 43

मोहन पौडेल

परासी, ८ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा दर्शकको सङ्ख्या दिनप्रतिदिन उत्साहजनक रुपमा बढेको छ । आज छैँठौँ दिनसम्म मेलाको बीस हजार बढी दर्शकले अवालेकन गरिसकेको मेला सचिवालयले जनाएको छ । दर्शकहरुको संख्या बढ्दै जाँदा मेलाको रौनक पनि बढ्दै गएको छ ।

नवलपरासी उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको आज छैँठौ दिन पनि दर्शकहरुको उत्साजक सहभागिता रहेको थियो । मेलामा आज सम्ममा करिब डेढ करोड बराबरको आर्थिक कारोबार भएको संघका महासचिव एवं मेला प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो।

मेलामा आज भाजपुरी क्षेत्रका प्रसिद्ध कलाकार मिठ्ठु मार्सल, झुन्ना राजा, भोला मिश्राको टोलीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । मिठ्ठु मार्सलको टोलीले आफ्ना चर्चित गीतहरु गाउँदा दर्शकहरु झुमेका थिए । यसैगरी आजै चर्चित गायिका रीता केसीले पनि आफ्ना उत्कृष्ट गीतहरु मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो ।

मेलामा भोली सातौँ दिन सोमबार चर्चित गायक रमेशराज भट्टराई, भोजपुरी क्षेत्रका चर्चित गायक प्रमोद जख्नी, ¥याप गायक विनोद ढकाल लगायत स्थानीय कलाकारहरुको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मंसिर ३ गतेदेखि जारी मेला मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार, लघु उद्यमी लगायतका करिव डेढ सय स्टल रहेका छन् । मेलामा प्रत्येक दिन नेपाली तथा भोजपुरी क्षेत्रका कलाकारहरुको बेजोड प्रस्तुति रहँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.