Jilla Ban Notis

परासी–भैरहवा सडक खण्डको सुईलीहवामा दुर्घटनामा परि १२ जना घाईते ।

0 19
रुपन्देही,माघ १४
नवलपरासीको सदरमुकाम परासी हुंदै भैरहवातर्फ जांदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवाबाट परासीतर्फ आउदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एकआपसमा ठोक्किदा १२ जना घाईते भएका छन् ।  रुपन्देहीको रोहिणी गाउपालिका स्थित सुईलीहवामा भएको सडक दुर्घटनामा परि उक्त १२ जना घाईते भएका हुन। दुर्घटनामा परी घाइते भएका १२ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाईते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र अन्य घाईतेको भीम अस्पतालमा उपचारका लागि पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिनु भयो  ।
पछिल्लो समय परासी–भैरहवा सडक खण्डमा अत्यधिक दुर्घटना हुने गरेको छ । 

Leave A Reply

Your email address will not be published.