Jilla Ban Notis

परासी प्रेस क्लबकाे अध्यक्षमा बेचु गाैड

0 80

गाैरीशंकर जयसवाल
परासी , ९ फागुन

पश्चिम नवलपरासीको परासी प्रेस क्लव गठन गरिएकाे छ । परासीमा जिल्लाभरका क्रियाशील पत्रकारहरुकाे भेलाले परासी प्रेस क्लब गठन गरिएकाे हाे ।
भेलालेअध्यक्षमा बेचु गाैड सर्वसम्मत चयन गरेकाे छ ।क्लवको उपाध्यक्षमा सद्दाम हुसेन अन्सारी ,महासचिवमा माेहन पाैडेल, खुल्ला सचिवमा उमेश कुमार बि.क ,समावेशी सचिवमा रेनुका चाैधरी, कोषाध्यक्षमा गाैरीशंकर कलवारलाई चयन गरेकाे छ ।

भेलाले क्लबकाे सस्यहरुमा राज चाैधरी, सन्जय कुश्वाहा , सन्जिव काेइराला , अन्नु कुमारी सुनार,गिता भट्टराई , निलम केसि,रामकरन हरिजन चयन भएका हुन ।पश्चिम नवलपरासीमा पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाको रुपमा परासी प्रेस क्लब रहने अध्यक्ष बेचु गाैडले बताए ।उनले पत्रकार क्षमता अभिबृद्वि विकास गर्ने पत्रकारहरूलाई आईपर्ने समस्यकाे बिषयमा उठान गर्ने  बताए ।

Leave A Reply

Your email address will not be published.