Jilla Ban Notis

परासीमा रामग्राम नगरप्रमुखको पहिलो निर्णय ः बाढी नियन्त्रण

0 30

हरि शर्मा
परासी,जेष्ठ–९
नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गर्नु भएको छ । पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकाले बाढी नियन्त्रणलाई प्रमुखरुपमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

गत भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करडौंको धनमाल बगेर नष्ट भएको थियो । झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिइ बाढी पस्ने संभाव्य स्थानको खोजी गरी व्यवस्थापनमा लाग्ने यादवले बताउनु भयो।

पानीको बहाब रोकिन सक्ने स्थानको पहिचान गरी सम्भाव्य बाढीको क्षतिलाई न्यूनिकरण गर्ने उपायको खोजी गरेर काम थालनी गर्न पनि यादवले कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पाँच कन्याकासाथ शुभ साइत निकालेर नगरपालिका आउनु भएको थियो। बाढी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने यादवले बताउनु भयो।
उहाँले नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमलाई सँगसँगै लगेर काम गर्ने योजना रहेको बताउनु भयो ।

पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहनाअनुसार काम गर्ने बताउनु भएको थियो । उहाँले सामान्य झगडा र अन्य विवादका घटनाहरु प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायिक समितिद्वारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने प्रतिवद्धता जनाउनु भएको थियो । स्थानीय तह निर्वाचनमा मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेदवार विजयी हुनु भएको हो।

Leave A Reply

Your email address will not be published.