Jilla Ban Notis

परासीमा तीनदिने गाईभैसी पालन सम्बन्धि तालिम सुरू

0 37

गौरीशकर जयसवाल
परासी १९ फागुन
पश्चिम नवलपरासीमा आजदेखि तीन दिने गाई भैंसी पालन सम्बन्धि तालिम सुरू भएको छ रामग्राम नगरपालिकाको पशु शाखाको आयोजनमा आजदेखि तीन दिने गाई भैंसी पालन सम्बन्धि तालिम सुरू भएको हो ।

तिनदिने तालिमको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका छन । तालिमको उद्घाटन गदै गुप्ताले नगरभित्र रहेका किसानहरूलाई पशुमा व्यवासयिक निर्भर र दुधमा आत्मा निर्भर बनाउनको लागि बजेट बिनियोजन गरेको बताउदै किसानहरू यसको लाभ लिन अग्रह गरेका छन ।उनले रामग्राम नगरपालिकाले नगरभित्रका किसानहरूलाई कुषि पेशा रपशु व्यवासयिकहरूलाई उपकरण पनि बितरण गर्ने बताए ।

 

उन्नत नशलक पशु व्यवासयिक रूपमा पलना गरौ,रामग्राम नगरलाई दुधमा आत्मा निर्भर बनाउनौ भन्ने उदेश्यले उत्त तालिम आयोजना गरिएको पशु शाखाका प्रमुख खेमराज पटेलले जानकारी दिए । तालिममा नगरभित्रका १६ जना पशु व्यवासयिकहरूको सहभागिता रहेको पशुशाखाका गोबिन्द पौडेलले जानकारि दिए ।तीन दिनसम्म चल्ने तालिममा पशु शाखा प्रमुख खेमराज पटेल, पशु सेवा कार्यालयका डां भारत काफ्ले ,शोभाखर ज्ञवालि,गोबिन्द पौडेलले प्रशिक्षण दिनुहुने छ ।

किसानहरुलाई ५० प्रतिशत अनुदानमा मेसीनरी औजारहरु बितरण

रामग्राम नगरपालिकाले किसानहरुलाई लक्ष्ति गरी मेसिनरी औजार बितरण गरेको छ ।रामग्राम नगरपालिकाको आर्थिक बार्षिक ०७७।०७८को बार्षिक कार्यक्रम अनुसार किसानहरुलाई मेसिनरी औजार बितरण गरेको हो ।


रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले एक कार्यक्रमको बिचमा नगरभित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त मेसीनरी औजारहरु बितरण गरेको कृषि शाखाले जनाएको छ ।
ईलेक्टिक स्पेयर मेसिन ८५ थान,तरकारी क्यारेट १५० थान नर्सरी क्यारेट ४५ थान बितरण गरिएको कृषि शाखा प्रमुख उमेश कुमार धोबीले जानकारी दिए । उनको अनुसार पाँच लाखको मेसीनरी औजार बितरण गरिएको बताए ।

Leave A Reply

Your email address will not be published.