Jilla Ban Notis

परासीका समाजसेवी शिवपुजन गुप्ताको अन्त्येष्टि ।

0 8

परासी, २० वैशाख

परासीका समाजसेवी एवं जनता समाजवादी पार्टीका नेता शिवपुजन गुप्ताको शनिबार अन्त्येष्टि गरिएको छ । गुप्ताको ६५ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । उहाँको आज त्रिवेणीघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।  अन्तिम संस्कार अघि जनता समाजवादी पार्टीका नेता धरेन्द्र यादव र विजय अग्रहरीले गुप्ताको पार्थीव शरिरमा पार्टीको झण्डा ओडार अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । रामग्राम–२ का स्थायी वासिन्दा गुप्ता उक्त पार्टीका जिल्ला सदस्य हुनुहुन्थ्यो । पार्टीले गुप्ताको निधन प्रति गहिरो शोक व्यक्त गरेको नेता धरेन्द्र यादवले बताउनुभयो ।  विस.२०४६ सालमा सद्भावना पार्टीबाट राजनीति शुरु गर्नुभएका गुप्ता रामग्राम नगरपालिकाका पूर्व वडा सदस्यका साथै सहकारी, रेडक्रस, खानेपानी, उद्योग वाणिज्य संघ लगायतका संस्थामा रहेर लामो समय समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.