Jilla Ban Notis

पद र प्रतिष्ठाका लागि राजनिति गर्ने सडकमा जान्छन,देश र जनताका लागि राजनिति गर्ने जनतामा जान्छन् ः नेता पोखरेल

0 15

कृष्ण ढकाल
बर्दघाट,पौष२५
नेकपाको ओली समुहले नवलपरासीको सुनवल–११ बनकट्टीमा अगुवा कार्यकर्ता भेला सम्पन्न् गरेको छ । भेलामा नेकपाका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले सम्वोधन गर्नु भएको छ । भेलालाई सम्वोधन गर्दै नेता पोखरेलले पुष्पकमल दहाल प्रचण्ड र माधव कुमार नेपालले आफ्नो पद र प्रतिष्ठाका लागि राजनिति गर्दा सडकमा जानु परेर र आफुहरु देश र जनताका लागि राजनिति गरेकाले जनतामाझ आएको बताउनु भएको छ ।
उहांले देशको सबै भन्दा ठूलो शक्ति र पारर्दशिता भनेको जनता रहेकाले जनतासंग गएर जनमत लिन नसक्ने अवस्था रहेकाले प्रचण्ड नेपालहरु माईतिघरकोे सडकमा गएर हामी यहां छौं भनेर बिलौना गरेको बताउनु भयो।
अहिले नेकपामा विभाजनको अवस्था सृजना गर्ने मुख्य दोसी प्रचण्ड नेपालहरु रहेको उहांको भनाई थियो । नेता पोखरेलले राष्ट्रका विरुद्ध तथानाम गाली गलौज र नारावाजी गर्दै गणतन्त्र विरोवि गतिविधि गरेर देशमा शुसाशन नआउने भएकाले अनुसाशित र मर्यात तरीकाले जनतामा गएर नयां जनमत लिएर सत्ता संचालनमा जानु नै सबै भन्दा उत्तम र लोकतान्त्रीक प्रक्रिया रहेको बताउनु भएको छ ।

सोही भेलालाई सम्वोधनगर्दै नेकपाका केन्द्रिय सदस्य भुमिश्वर ढकालले बिकास र समबृद्धिको लहर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ल्याएको बताउनु भएको थियो । उहांले अब नेकपालाई अझ मजबुत बनाउन स्थानिय तहका नेपाकार्यकर्ता एकजुट भएर लाग्नका लागि आग्रह् पनि गर्नु भएको थियो ।
त्यस्तै
भेलालाई सम्बोधन गर्दे लुम्बिनी प्रदेशका नेकपा सहईन्चार्ज तथा मन्त्री वैजनाथ चौधरीले नेकपाका अध्यक्ष केपि ओली देशका लागि दुरदर्शी नेता भएको बताउनु भएको थियो । नेपालको सम्वृद्धिका सवालमा अध्यक्ष ओलीले गनुभएका काम र नाकाबन्दीको सामना देखि नयां नक्सा जारी गर्ने ऐतिहासिक काम ओली नै गरेको बताउनु भयो ।

नेकपा पार्टीका महाधिवेशन आयोजक कमिटिका केन्द्रिय सदस्य तुल्सी पासीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यद्धय दिपेन्द्र अधिकारी , भगवती भण्डारी, राजु हरिजन, लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन विमला अर्यालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.