Jilla Ban Notis

पत्रकार रवि पाण्डेलाई मात्रृशोक

0 15

बर्दघाट,फागुन–१९
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका कोषाध्यक्ष रवि पाण्डेलाई मात्रृशोक परेको छ । श्वासप्रस्वास सम्वन्धि समस्याले ग्रसीत पत्रकार पाण्डेकी ६३ वर्षीय ममतामयि आमा पार्वती पाण्डेको उपचारका क्रममा आज विहान निधन भएको छ। केहि दिन अघि रुपन्देहीको भलुहिमा रहेको देवदह मेडिकलमा उपचारका लागि लगिए पनि त्यहांवाट काडमाण्डौं रिफर गरीएको थियो । काठमाण्डौंमा समेत उपचार गरेर निको नहुने भएपछि घर फर्काउने क्रममा निधन भएको हो ।

२०१४ सालमा भारतको असाममा जन्मनु भएकी पार्वती पाण्डे २०२८ सालमा रुपन्देहीको देवदह खैरेनी निवासी मेघनाथ पाण्डेसंग बौहिक बन्धनमा बाधिन पुग्नु भएको थियो । १५ वर्षको उमेरमा विवाह गर्नु भएकी पार्वती पाण्डेका पत्रकार रवि पाण्डे सहित ७ सन्तान रहेका छन् । २ छोरा र ४ छोरीका १२ जना नाती÷नातीना भएकी पाण्डे पछिल्लो समय नेकपा क्रान्तीकारी माओवादीको बर्दघाट नगर सदस्य समेत रहनु भएको थियो् ।

Leave A Reply

Your email address will not be published.