Jilla Ban Notis

पत्रकार महासंघ नवलपरासीद्वारा अनुगमन समिति गठन .

0 18

रवि पाण्डेय
परासी ,श्रावण २६

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्लाका संचारमाध्यम तथा त्यहाँ कार्यरत श्रमजिवीहरुको अवस्था बारे जानकारी लिन अनुगमन समिति गठन गरेको छ । शाखाका अध्यक्ष हरि शर्माको संयोजकत्वमा महासंघले ७ सदस्सीय समिति गठन गरेको हो । समितिमा महिला उपाध्यक्ष मालती न्यौपाने कार्य समिति सदस्यहरु प्रकाश न्यौपाने, बेणीमाधब बस्याल, श्याम थापालगायत रहनुभएको छ । महासंघले कोरोना संक्रमण र त्यसबाट भएको लकडाउनको अविधमा जिल्लामा रहेका संचारमाध्यम तथा त्यहाँ कार्यरत श्रमजिवीहरुको रोजगारीको अवस्था बारे जानकारी लिनका लागि समिति गठन गरेको हो ।
सात सदस्सीय सो समितिले अनुगमन पछि प्रतिबेदन समेत बनाई सो जानकारी सम्बन्धित तहमा दिने अध्यक्ष शर्माले बताउनुभयो । त्यस्तै बैठकले बिधान बमोजिम सदस्यता नवीकरण गर्न सिफारिस गरेको सचिव राजकुमार रेश्मीले जानकारी दिनुभयो । महासंघले यसबर्ष जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुका सदस्यता नवीकरणको सिफारिस नगरेको महासंघले जनाएको छ । त्यस्तै बैठकले गतबर्षको समिक्षा तथा आगामी कार्यक्रमहरु समेत तय गरेको छ । बैठकले गतबर्ष कार्यक्रम प्रदान गर्ने सबै स्थानीय तह संघसंस्था एंव ब्यक्तिलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ । बैठकले आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक हरहिसाव अनुमोदन गरेको अध्यक्ष शर्माले बताउनुभयो । महासंघमा ५ लाख १६ हजार २ सय रुपैया वचत रहेको कोषाध्यक्ष रवि पाण्डेयले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.