Jilla Ban Notis

न्यू लाइफमा खाना महोत्सव तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।

0 19

प्रकाश न्यौपाने
बर्दघाट,पौष–२३
बर्दघाट । न्यू लाइफ माध्यमिक विद्यालयको रजत महोत्सवको आज पाचौं दिन खाना महोत्सव र सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सवमा कक्षा ११ र १२ का होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुले खानाका विभिन्न परीकारहरुको बनाई विद्यार्थी, शिक्षक÷शिक्षिकाहरु, अभिभावक तथा अतिथिहरुलाई खुवाएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका प्रदेश नम्बर ५ का अध्यक्ष राम प्रसाद पाण्डेयले बालबालिकालाई कस्तो बनाउने भन्ने विषय अभिभावकको हालमा रहेको बताउनु भयो । कुनै पनि बालबालिका स्कुल आउन भन्दा पहीलो बुवा आमा, परीवारीक वातावरण र उसका साथीभाईको आनिवानि प्रश्चात विद्यालयमा आउने बताउदै उहाले अभिभावकले राम्रो पारीवारीक वातावरणको सिर्जना गर्नुपर्ने बताउनु भयो । आजको शिक्षाबाट सैद्धान्तीक पक्षलाई मात्र हासिल गर्ने बालबालिका असल विद्यार्थी हुन नसक्ने बताउदै उहाले व्यवहारीक शिक्षामा जोड दिनु भयो । विद्यार्थीको कितावी ज्ञान मात्र नभइ साथीभाईको सरकल र सगतमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बावुराम तिमिल्सीना, बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोपाल प्रसाद पाण्डेय, जनकल्याण सहकारीका अध्यक्ष डिक बहादुर पाण्डे, विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी, प्लस टु कोडिनेटर मोहन शरण पाण्डे, विद्यालयका संस्थापक सदस्यद्धय डिल बहादुर अधिकारी, थम अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दिनानाथ पौडेलले गनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिका झलकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक÷शिक्षिकाहरु, अभिभावक गरी करिव चार सय जनाको उपस्थिति रहेको शिक्षक सोनी क्षेत्रीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.