Jilla Ban Notis

न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा सगरमाथाबोर्डिङ्ग स्कुल र जेसिजबोर्डिङ्ग स्कुलविजयी

0 45

सगरमाथा र जेसिजविजयी

स्वस्तिकश्रेष्ठ
बुटवल, १ मंसिर
रुपन्देहीमाजारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा सगरमाथाबोर्डिङ्ग स्कुल र जेसिजबोर्डिङ्ग स्कुलविजयीभएका छन । सगरमाथाले दुर्गा शैक्षिक गृहलाई ८ विकेट तथा दोस्रो खेलमा जेसिजले काशीनोबेलमाथि ६ विकेटको जितनिकालेको हो ।  तिलोत्तमानगरपालिकास्थितनवजिवन खेलमैदानमाभएको पहिलो खेलमा टस जितेर सगरमाथाले ब्याटिङ्गको निम्तो पाएपछि मैदान छिरेको दुर्गा शैक्षिक गृहका ब्याट्सम्यानहरुले १५ ओभरमा सबै विकेट गुमाएर केवल ८३ रनको लक्ष्य खडा गरेकाथिए । यसकालागिअप्सन भण्डारीले २० तथाबिमलचालिसेले २५ रन जोडेकाथिए । कम स्कोर रोक्न सगरमाथाकाशुभम ढकालले ३ तथाप्रकाशकुवर र विराज क्षेत्रीले समान २–२ विकेट लिए । कम स्कोरलाई सगरमाथाका ब्याट्सम्यानहरुले १३ ओभरमा २ विकेटको नोक्सानीमाजितनिकालेकाथिए । सगरमाथाको जितमाशुभम ढकालले ३८ तथा समिर पन्तले २९ रन बनाए । सगरमाथाकाशुभम ढकाल म्यानअफ द म्याचबाट पुरस्कृत भए ।  दोस्रो खेलमा टस जितेर काशीले ब्याटिङ्गको निर्णय गर्दै मैदानमाउत्रेर पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय २२ रनको लक्ष्य खडा गरेकाथिए । काशीकाअंकितबिएमले २० तथा सहनाजआलमले ४० रन बनाए । जेसिजकानितिन छन्त्याल र अल्पीतकुवरले समान २–२ विकेट लिएकाथिए । मध्यमलक्ष्य पछयाएको जेसिजले १८ ओभरमा केवल ४ विकेटको नोक्सानीमाजितनिकाल्यो । अल्दीपकुवरले ३४ र नितिन छन्त्यालले ३२ रन बनाए । काशीका रिज्वानआलमले २ विकेटलिएकाथिए । खेलमाअल्दीपकुवर म्यानअफदी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताअन्तरगत सोमबार पहिलो खेलमा सनसाईन बोर्डिङ्ग स्कुल र न्यु होराईजन बोर्डिङ्ग स्कुलबिच क्वाटरफाईनलतथाहोराईजन जिविएस र जेसिजबोर्डिङ्ग स्कुलकाबिचमा सेमीफाईनल खेल हुने छन । तिलोत्तमानगरपालिकानवजिवन खेलमैदानमामंसिर ६ गतेसम्म संचालनहुने प्रतियोगिताको उपाधिकालागिजिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।प्रतियोगिताको संयोजकशक्तिगौचनले प्रतियोगिताको उपाधिविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथाउपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

Leave A Reply

Your email address will not be published.