Jilla Ban Notis

नेपाल र नेपालीका पक्षमा रहेर एउटा नयां कामको शुरुवाद भएको छ ः सांसद अधिकारी

0 34

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३१
नेपाल र नेपालीका पक्षमा रहेर आज एउटा नयां कामको शुरुवाद भएको प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । उहांले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भु–भागलाई भारतले आफ्नो भनेर दावि गरीरहदा नेपालले कानुनी रुपमा नै आफ्नो नेपालको नक्सामा राखेर वैधानिक्ता दिएर एउटा ऐतिहासिक कामको शुरुवाद गरेको बताउनु भयो । आज साँझ बर्दघाट–२, चिसापानीमा मदन भण्डारी स्पोर्टस एकेडेमी नवलपरासीले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधन गर्दै सांसद अधिकारीले सो कुरा बताउनु भएको हो । प्रदेश सभा सदस्य अधिकारीले अब नेपालका ति भू भागहरुवाट छिट्टै नै भारतीय सेनाहरुलाई हटाउने र नेपाली सेना लगेर राख्ने खालको वातावरण सृजना गर्नेमा आफु विस्वस्त रहेको समेत बताउनु भएको थियो । आज प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरी विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी नवलपरासीले उक्त दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो । मदन भण्डारी स्पोर्टस एकेडेमी नवलपरासीका अध्यक्ष सुवोध जागृत बुढाथोकीको अध्यक्षतामा भएको उक्त दिप प्रज्वलन कार्यक्रममा सविंधान सभा सदस्य सिंधु जलेशा,बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवी पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरे लगत्तै नेपालको झण्डा सहित नया नक्शा अकिंत सडकमा नक्शा बनाई दिप प्रज्वलन गर्ने कार्य नवलपरासी जिल्लाका विभिन्न स्थानमा भएका थिए । राष्ट्रिय यु्वा संघ नेपाल पश्चिम नवलपरासीको आयोजनामा बर्दघाटमा पनि दिप प्रज्वलन गरिएको छ । राष्ट्रिय यु्वा संघ नेपाल नवलपरासीका समयोजक युवराज डुम्रेको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा बर्दघाट ४ स्थित पुरानो चौकी चोकमा दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, उपप्रमुख माया देवी पौडेल लगएत विभिन्न संघ सस्थाका पदाधिकारी, युवा संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.