Jilla Ban Notis

नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिले ३९ औं नेपाल मगर एकता दिवस मनायो ।

0 28

कृष्ण ढकाल
बर्दघाट,फाल्गुन–१५
नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिले बर्दघाटमा एक कार्यक्रमको आयोजना गरी ३९ औं नेपाल मगर एकता दिवस मनाएको छ । नगर कार्यसमिति अध्यक्ष पुर्ण बहादुर सारुको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा ३९ औं नेपाल मगर एकता दिवस मनाएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले आफ्नो नगरमा रहेर मगरभाषा पढ्न चाहनेहरुका लागि मगर संघले उचीत ब्यवस्थापन गरेमा त्यसको खर्च ब्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताउनु भएको थियो । त्यसैगरी उहांले सबै जात–जातीहरुका भाषा संरक्षणका लागि सबै समुदाय सचेत भएर लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष डि.बि. थापा,केन्द्रिय महिला सदस्य तारा राना,प्रदेश सदस्य तेजेन्द्र पुर्जा मगर,पूर्व जिल्ला अध्यक्ष लुम बहादुर खाम्चा मगर लगाएतले बोल्दै मगरहरुमा अझै पनि आन्तरीक कलह रहेको भन्दै त्यसको अन्त्यगरी मगर एकता हुन जरुरी रहेकामा जोड दिएका थिए । उनीहरुले नेपालमा राजनितिक संगठन जस्तै बलियो रहेको मगर संघ रहदा रहदै पनि मगरहरु पछि पर्नुमा आन्तरीक खिचातानी नै मुख्य समस्या रहेको बताएका थिए ।

बर्दघाट–४ हरियाली नगरमा रहेको बर्दघाट मण्डबमा आयोजित ३९ औं नेपाल मगर एकता दिवस कार्यक्रममा विभिन्न प्रकृतिका मगरसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएका थिए । जहां आई टि एफ टेकान्डो संघ नवलपरासीका खेलाडीहरुले आफ्नो डेको प्रस्तुत समेत गरेका थिए । आई टि एफ टेकान्डो संघ नवलपरासीका अध्यक्ष तथा प्रदेश कमिटिका वरिष्ठ उपाध्यक्ष रितमान कामुको समुहले सो डेमो प्रस्तुत गरेको हो । त्यसैगरी कार्यक्रममा डोरी तान प्रतियोगिता समेत भएको थियो भने गायक दिपक थापाको गायन प्रस्तुती र डान्सर सुमि घर्तिको नृत्य प्रस्तुत भएको थियो ।

नेपाल मगर संघ नगर उपाध्यक्ष नर बहादुर थापाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नगर सचिव मेयर सिंह सारुले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.