Jilla Ban Notis

नेपाल मगर संघको ३८ औ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरीदै ।

0 20

सुनवल,पुस १९

नेपाल मगर संघ नगर कार्य समिती सुनवलको बिस्तारित बैठक किर्तिपुर २ बौद्ध बिहारको सभाहलमा सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकले महान चाड माघे सक्रांतिको पुर्बसन्ध्यामा पुस २७ गते सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । यसैगरि नेपालकै प्रथम शहिद क्या. लखन थापा मगरको १४३ औ स्मृती दिवस सम्पुर्ण मगर समुदायको बृहत उपस्थितिमा सुनवल चोकमा भब्यताका साथ मनाउने निर्णय भएको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । साथै नेपाल मगर संघको ३८ औ स्थापना दिवस विविध खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रम का साथ सम्पन्न गर्ने निर्णय भएको उहाले बताउनुभयो । उक्त बैठकमा वडा नम्बर ३ का वडा सदस्य रन बहादुर पुन, महिला वडा सदस्य रेनु थापा मगर, वडा नम्बर ५ का वडा सदस्य हर्क बहादुर पुन, नेपाल मगर युवा संघ नगर समिती अध्यक्ष राम कुमार थापा मगर, सचिब भेष बहादुर थापा , सिमा थापा, मगर बौद्ध सेवा संघ नगर अध्यक्ष धर्मराज घर्ती मगर , सल्लाहकार समिती , वडा समितिका अध्यक्ष , टोल समितिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । उक्त बैठकबाट गत मंसिरमा संचालित प्रादेशिक औधोगिक ब्यापार मेलामा मगर भवन बनाउन सहयोग गर्ने र अन्य कार्यक्रममा मगरहरुको सहभागीताको समिक्षा गर्दै धन्नेबाद प्रस्ताव पारित भएको छ । यसैगरि परियती शिक्षा माघ महिनामा संचालन गर्ने निर्णय भएको नेपाल मगर संघ नगर समितिका अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.