Jilla Ban Notis

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको निर्वाचन प्रक्रिया शुरु ।

0 24

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१९

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको यहि चैत्र २५ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले आजवाट आफ्नो काम शुरु गरेको छ । समतिले आज नवलपरासी शाखाका सदस्यहरुको नामावली प्रकाशन समेत गरेको छ ।

यस अघि नेपाल पत्रकार महासंघमा जिल्ला र केन्द्रमा निर्वाचन हुदां जिल्लावाट केन्द्रीय सभासदका रुपमा चुनीएर गएपछि फेरी केन्द्रमा छुट्टै निवार्चन हुने ब्यवस्था रहेको थियो ।

अहिले देश संघिय संरचनामा गएसंगै केन्द्र , प्रदेश र जिल्लाका लागि सबै सदस्यहरुले प्रत्यक्ष चुन्न पाउने अधिकार प्राप्त गरेका छन् । अहिले नेपाल पत्रकार महासंघको तिनै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन हुने छ ।
अहिलेको यो नमुना निर्वाचनले श्रमजिवि पत्रकारका पक्षमा वकालत गर्न सक्ने सक्षम नेतृत्व चुनेर निति निमार्ण तहमा पत्रकारहरुको पनि पहुच पुग्ने आशा गरीएको छ ।

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको निर्वाचन समितिका अनुसार उम्मेदवारी दिने समय चैत २२ गते दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.