Jilla Ban Notis

नेपाल टेलिकम र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय विच समझदारी पत्रमा हस्ताक्षर ।

0 36

कृष्ण ढकाल
नवलपरासी,पौष–२२
नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय विच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमवार एक कार्यक्रमका विच सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । सडक र दुरसञ्चार पुर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने गरी दुवैपक्षले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु¥याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभाग बीच समन्वय र सहकार्य आवश्यक देखिएकाले दुई पक्ष विच समझदारी गरीएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराउनु भएको छ ।
समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्ट बिछ्याइने भएको छ ।यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्ने सहमति भएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.