Jilla Ban Notis

नेपाल टेलिकमको कर्मचारी संगठनद्वारा राहत सामाग्री हस्तान्तरण ।

0 20

काठमाण्डौं,बैशाख–१६
नेपाल टेलिकमको कर्मचारी संगठन , नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन काठमाडौं क्षेत्रीय समितिले हिमालय वृद्धा आश्रमलाई राहत स्वरुप खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखा–९ गोंगबु, काठमाडौंमा अवस्थित उक्त आश्रमलाई सहयोग गरेको मेघनाथ ढकालले जानकारी दिनु भएको छ । विश्वव्यापी रुपमा मानवजिवनलाई आक्रान्त गराउने गरि फैलिएको कोरोना भाइरस कोभिड १९ ले नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा थोरैभएपनि सहयोग होस भने आफ्नो कर्मचारीहरुको संगठनले सहयोग गरेको ढकालले जानकारी दिनु भयो ।
नेपाल टेलिकमको कर्मचारी संगठन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन काठमाडौं क्षेत्रीय समितिको तर्फवाट राहत सामाग्रीहरु संगठनका केन्द्रीय अध्यक्ष यादवप्रसाद पनेरुले आश्रमका अध्यक्ष सरला पन्थलाई हस्तान्त्रण गर्नु भएको थियो । स्थानीय निकायका जनप्रतिनिधि रामभक्त घिमिरे र जगतमाया महर्जनको रोबहरमा सो सामाग्री हस्तान्त्रण गरीएको थियो । राहत सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्षपन्थले सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता साथै आभार व्यक्त गर्नु भएको थियो ।सहयोग प्रदान कार्यक्रममा संगठनका क्षेत्रीय इन्चार्ज प्रशुराम पण्डित , अध्यक्ष दिपक चौलागाईं लगायत सचिवालय सदस्यहरुको उपस्थित रहेको थियोे । नेपाल टेलिकमको कर्मचारी संगठन र नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन काठमाडौं क्षेत्रीय समितिले सहयोग गरेको राहत सामाग्रीमा खाना पकाउने ग्यास सिलिन्डर ३ थान, पिउने पानी ६० जार, विस्कुट एक काटुन, भुजा १० पाकेट लगायत सरफ,जिरा आदि रहेको थियो । त्यसैगरी स्वास्थ्य सुरक्षाका सामाग्रीमा सेनिटाइजर, पन्जा, फिनेल, मास्क, टीस्यूपेपर, मछेट धुप लगायतका सामागैीहरु रहेका थिए । आश्रममा अहिले ३५ जना वृद्ध–वृद्धा आश्रित रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.