Jilla Ban Notis

नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्ला संगठनको गम्भीर ध्यानाकर्षण ।

0 18

फुलकुमारी ढकाल
बर्दघाट,चैत्र–२९
रामग्राम नगरपालिकाले राहतको नाममा गुणस्तरहीन चामल वितरण गरी नगरवासीको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्न खोजेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्ला संगठनले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिवार पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद र सचिव तुलसी पासीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उक्त कुरा उल्लेख गरीएको छ । विज्ञप्तीमा भनिएको छ नेपाल सरकारले स्थानीय तहमा राहत कोष स्थापना गरी एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेसँगै हाल विभिन्न स्थानीय तहले अतिविपन्न वर्गको तथ्यांक संकलन गरी राहत कोषमार्फत वितरण गरिरहेको कार्यको प्रशंसा गर्न चाहन्छौँ । तर रामग्राम नगरपालिकाले राहतको नाममा गुणस्तरहीन चामल वितरण गरी नगरवासीको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्न खोजेको भन्ने जनगुनासो प्राप्त भएकोले यस कार्यप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञपतीमा अगाडी भनिएको छ नागरिकले नै तिरेको करले नागरिकलाई नै गुणस्तरहीन खाद्य वस्तु खुवाएर उनीहरुको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्न खोजिएको यस घटनाको घोर भत्र्सना गर्दै यस कार्यमा संलग्न जो कोही भएपनि तत्काल सत्यतथ्य छानविन गरी कडा कारवाही गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै आईन्दा यस्ता गल्ती नदोहारउन र नगरका अतिविपन्न तथा मजदुर वर्गका परिवारलाई गुणस्तरयुक्त खाद्यवस्तुको वितरणको व्यवस्था गर्न समेत माग गर्दछौँ ।

Leave A Reply

Your email address will not be published.