Jilla Ban Notis

नेपाल औषधि ब्यबसायि संघ नवलपरासीको पदस्थापन कार्यक्रम सम्पन्न ।

0 63

जीवन न्यौपाने
बर्दघाट ,बैशाख–८
नेपाल औषधी ब्यबसायि संघ जिल्ला शाखा नवलपरासीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सस्थाका निबर्तमान अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता र औषधी ब्यावसाय सघं लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले औषधी ब्यावसाय जस्तो मर्यदित ब्यवसाय अरु ब्यवसाय नभएको कुरा औलाउनु भएको थियो । उहांले सुगम र दुर्गममा एउटै मुल्यमा औषधी बिक्रि हुने गरेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ को नयाँ बर्ष को भित्तेपात्रो समेत बिमोचन गरीएको थियो । कार्यक्रम मा नेपाल औषधि ब्यबसायि संघ लुम्बिनी प्रदेश का उपाध्यक्ष अमृत सुवेदी , महासचिव लुक राज न्यौपाने , सदस्यहरु थानेस्वर ज्ञवाली र थानेस्वर अर्याल लगाएतको उपस्थित रहेको थियो । कार्यक्रम मा नयाँ कार्य समितीलाई पुरानो कार्यसमिले पद हस्तान्तरण गरेको थियो ।

निबर्तमान उपाध्यक्ष पलकधारी प्रसाद गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राम चन्द्र पौडेलले नव निर्वाचित अध्यक्ष डा. हेमन्त राज न्यौपानेलाई पद हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रमको समापन सस्थाका नव निर्वाचित अध्यक्ष डा. हेमन्त राज न्यौपाने ले गर्नु भएको थियो ।
कार्यक्रम सन्चालन संघका महासचिव बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.