Jilla Ban Notis

नेपाल आदिवासी जनजाति महासंघ पक्लिहवाको अध्यक्षमा जोशी

0 106

श्याम थापा

सुस्ता १२ चैत

नेपाल आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अध्यक्ष पदमा श्रवण कुमार जोशी (दिपक )सर्वसम्मत रूपमा चयन भएका छन् ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका सदस्य एवं नेपाल आदिवासी जनजातिका अग्रज ब्यक्ति कृष्ण बहादुर थापा मगरको अध्यक्षयतामा सुस्ता ५ को अनोमाघाटमा भएको बृहत भेलाले नेपाल आदिवासी जनजाति महासंघ सुस्ता ५ पक्लिहवाको अध्यक्ष पदमा श्रवण कुमार जोशी(दिपक)लाई चयन गरेको हो ।

भेलाले जोशीको अध्यक्षयतामा १७ जना नयाँ वडा स्तरीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरि गठन गरेको छ । जसको उपाध्यक्षमा दिपिका छेत्री सारु मगर,कोषाध्यक्षमा धनेश्वरी थापा,सचिवमा चन्द्र बहादुर सुर्यबन्सी मगर,सहसचिवमा देव बहादुर थापा मगर रहेका छन् भने त्यस्तै सदस्यहरुमा बसन्ती श्रेष्ठ,ध्रुपाल घर्ती मगर,सागर गुरुङ्ग,रन बहादुर सारु मगर,बुद्धि बहादुर गुरुङ्ग,बिष्णु आले मगर,पुर्ण बहादुर दर्लामी मगर,गुनमाया श्रेष्ठ,राकेश थापा मगर,निरमाया गुरुङ्ग र हिरमाया राना मगर रहेका छन् ।

सो भेलामा नेपाल आदिवासी जनजाति पत्रकार महा संघ पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष श्याम बुचा मगर,नेपाल राष्ट्रिय आ बि बिनयी त्रिबेणि प्रसैयाका प्र.अ एम सिंह थापा र सुस्ता गाउँपालिका वार्ड न ५ को वडा कार्यालयका वडा सचिव कर्ण बहादुर दर्लामी मगरले नेपाल आदिवासी जनजातिको हितमा रहेर अघि बढन सम्पुर्ण सहभागीलाई आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.