Jilla Ban Notis

 नेपाली समाजको ब्यवस्थापनका लागि विभिन्न खालका नागरीक संगठन अपिहार्य ः मुख्य मन्त्री पोखरेल ।

प्रदेश नं.५ मा प्रदेश स्तरीय स्काउट आधारभुत तालीम शुरु ।

0 31

कृष्ण ढकाल
बर्दघाट,माघ–४
नेपाल स्काउटले प्रदेश नं.५ मा प्रदेश स्तरीय स्काउट आधारभुत तालीम शुरु गरेको छ । तालीमको समुद्घाटन प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले गर्नु भएको छ । ५ नं. प्रदेशको पुर्वी प्रवेशद्धारमा रहेको सशस्त्र प्रहरी,सिमा सुरक्षा तालीम केन्द्र बर्दघाटमा संचालन भएको प्रदेश स्तरीय स्काउट आधारभुत तालीम समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे मुख्य मन्त्री पोख्रेलले सडक दुर्घट्ना,बाढी पहिरो,भुकम्प,आग्जनी लगाएतका अकल्पनिय विपतका वेला राज्यका औपचारीक संगठनहरुले मात्र त्यसको ब्यवस्थापन गर्न नसक्ने भएकाले स्काउट जस्ता नागरीक स्तरका संगठनहरुको सहयोग चाहिने बताउनु भयो । उहाँले नेपाली समाजको ब्यवस्थापनका लागि विभिन्न खालका नागरीक संगठन अपिहार्य रहेको समेत बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले समाजका युवाहरुलाई सुधार्नका लागि सामाजिक अनुसन्धानगरी स्काउट जस्ता संस्थालाई परिचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।  ५ नं प्रदेशका १२ जिल्लाका ७ सय २५ जना युवाहरु सहभागि उक्त तालीमको समुद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुद् मन्त्रालयका सचिव राम प्रसाद थपलियाले युवाहरु अधिकार संगै कर्तब्यका लागि पनि तयार रहनेछन भन्दै सरकारले लिएको यस वर्षको युवा परिचालन वर्षको शुरुवाद प्रदेश नं.५ ले गरेकोमा धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।  त्यसैगरी सोही कार्यक्रममा प्रदेश सभा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले समाज रुपान्त्रणका लागि युवाहरुको मुख्य भुमिका रहने बताउदै अब प्रदेशका सबै पालिकाहरुमा स्काउट गठन हुने र विक्रिती र विसंगतीका विरुद्ध सचेत गराउने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा प्रतिपक्षका सचेतक निमर्ला क्षेत्री,प्रदेश सांसद दिपेन्द्र अधिकारी,बलराम अधिकारी,बर्दघाट नगर प्रमुख धिरज शर्मा,बुटवल नगर प्रमुख शिवराज सुवेदी लगाएतले आ–आफ्ना धारणा राख्नु भएको थियो । माघ ३ गतेवाट शुरुगरी माघ ८ गते सम्म संचालन गरीने उक्त तालीमको समुद्घाटन कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.