Jilla Ban Notis

नेपाली लोक कला संस्कृतिको संरक्षणका लागि नगरपालिका लागि पर्ने छ ः नगर प्रमुख अर्याल

दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव–२०७९ शुरु

0 52

कृष्ण ढकाल
बर्दघाट,असार–२३
पश्चिम नवलपरासीमा आज देखि दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव–२०७९ शुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा महोत्सब शुरु भएको हो ।

सुनवल नगरपालिका वडा नं. १३ स्थित सुरन्दरबस्तीको बडेरा चौरमा संचालन भएको महोत्सबको सुनवल नगर प्रमुख बिमला अर्यालले समुद्घाटन गर्नु भएको थियो । महोत्सब समुद्घाटन गर्दै नगर प्रमुख अर्यालले नेपाली लोक कला संस्कृतिको संरक्षण , सम्बद्र्धनका लागि नगरपालिका हरेक पक्षवाट लागि पर्नेमा जोड दिनु भएको थियो ।
उहांले लुकेर बसेका नयां प्रतिभाहरुको पहिचान गर्न र उजागर गर्न र स्थानिय उत्पादनको बजारी करणका लागि पनि मेला महोत्सा निक्कै प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

असार २३ गतेदेखी श्रवण ५ गतेसम्म संचालन हुने महोत्सवमा मौलिक लोक दोहोरी गित प्रतियोगता र राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्रीले बताउनु भएको छ ।

महोत्सव अवधिभर बिभिन्न जात–जाति ,भाषा सांस्कृतिक र मौलिकता झल्किने खालका सांस्कृतिक कार्यक्रम हरेक दिन रहने आयोजक संस्थाका सदस्य देविदत्त सापकोटाले जानकारी दिनु भयो ।
५० भन्दा बढि स्टलहरु रहेको महोत्सवमा ३० हजार देखी ४० हजार दर्शकहरुले आवलोकन गर्ने अनुमान आयोजकले लिएको छ भने महोत्सवमा ३० लाख खर्च लाग्ने र ३२ लाख आम्दानी हुने अनुमान आयोजकले लिएको छ ।

मेलावाट हुने आम्दानीबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको कार्यालाय भवन निर्माण गरिने अध्यक्ष क्षेत्रीको भनाई रहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीका सदस्य देविदत्त सापकोटाको स्वागत मन्तब्यवाट शुरु भएको समुद्घाटन कार्यक्रममा डोलराज भण्डारी,कृष्ण नारायण श्रेष्ठ,सुव्दार चन्द्र बहादुर गुरुङ्ग लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव भूपराज न्यौपाने गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.