Jilla Ban Notis

नेपाली भुभाग मिचेर मानसरोवर जाने वाटो बनाएको विरोधमा सुनवल चौराहामा बिरोध कार्यक्रम

0 18

जीवन न्यौपाने,
सुनवल,बैशाख ३१

भारतले नेपाली भुभाग मिचेर मानसरोवर जाने वाटो बनाएको विरोधमा पश्चिम नवलपरासीको राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टि मसालले संयुक्त रुपमा बुधबार सुनवल चौराहामा बिरोध कार्यक्रम गरेका छन् । बिरोध कार्यक्रमको नेतृत्व गरेका जनमोर्चा नवलपरासीका अध्यक्ष कृष्ण बहादुर अधिकारीले भारतले नेपाली भुभाग मिचेर मानसरोबर जाने सडक बनाएको समाचारले आफ्नो पार्टिलाई दुखि तुल्याएको बताउदै यस समस्याको समाधानका लागि सर्वप्रथम नेपाल सरकारले भारत सरकारसंग प्रत्यक्ष वार्ता गरि समस्या सुल्झाउने दिशा तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । साथै उहाले वार्ता मार्फत भारतले नेपाली भुमि फिर्ता गर्न कन्जुस्याई गर्याे भने यस बिषयलाई अन्तराष्ट्रिय अदालतसम्म गएर भए पनि नेपाली भुमि फिर्ता ल्याउन नेपाल सरकार समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रमका अर्का प्रमुख वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता कृष्णराज पौडेलले सुघौलिसन्धि पछिको नेपाल र नेपाली भुभागलाई संरक्षण गर्ने काम नेपाल सरकारले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उनले बिदेशीले आफ्नो देशमा सडक निमार्ण गरि त्यसको उद्घाटन गर्दा समेत नेपाल सरकारले नदेखे जस्तो गरि मौन बस्नु नेपाल सरकारको लाचारीपन र नालायकपन बाहेक केहि नरहेको बताउदै बर्तमान सरकार भारतिय साम्राज्यबादको दलाल समेत रहेको आरोप लगाउनुभयो । साथै अव पनि सरकारले आफ्नो भुमि बचाउन अग्रसर नरहे सम्पुर्ण नेपाली जनता एकजुट भएर नेपाली भुमि रक्षाको लागि अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
सो बिरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टि मसालका कार्यकर्ताहरुले ‘सिमा अतिक्रमण बन्द गर’ , ‘गो व्याक इन्डिया’ , ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’ , ‘भारतिय हस्तक्षेप मुर्दाबाद, भारतिय साम्राज्यबाद मुर्दाबाद’ लगायत नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरि नाराबाजि समेत गरेका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तिलक सुवेदिले संचालन गरेको सो बिरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि मसालका जिल्ला प्रवक्ता धनपति सापकोटा लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.