Jilla Ban Notis

नेपाली कांन्ग्रेस नवलपरासीका उप–सभापति सुवास चन्द्र गिरीको निधन ।

0 60

कृष्ण ढकाल
बर्दघाट,भाद्र–२
नेपाली कांन्ग्रेस नवलपरासीका उप–सभापति सुवास चन्द्र गिरीको उपचारका क्रममा निधन भएको छ । कोरोना संक्रणका कारण काठमाण्डौंको पाटन अस्पतालमा उपचाराथरहनु भएका गिरीको आज विहान ६ बजेतिर एक्कासि निधन भएको बताईएको छ । गत साउन २८ गते भैरहवाको अस्पताल शैयाबाट आफ्नो फेसबुक वालमा स्ट्याटस लेख्दै आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरी मेडिकल कलेज भैरहवामा पित्त थैलीमा रहेको स्टोनको अपरेशन गराउन गएका थिए ।
पित्त थैलीमा रहेको स्टोनको अपरेशन गराएर अस्पतालमै बसेका गिरीको परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको र श्वासप्रश्वासमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरिएको थियो । कोरोनाको संक्रमणसंगै निमोनियाको लक्षण समेत देखिएको भन्दै परिवारजन आतिएर गिरीलाई ललितपुरको पाटन अस्पतालमा उपचारकालागि लगिएको थियो ।

Leave A Reply

Your email address will not be published.