Jilla Ban Notis

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो महामन्त्री पदमा बिक्रम खनाल ।

0 48

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२०

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट अमरसिंह पुन सभापतिमा निर्वाचित हुनु भएको छ । उहांले ८ सय ५२ मत प्राप्त गर्नु भएको छ भने उहांका प्रतिस्प्रधि भरत कुमार शाहले ७ सय ६७ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उप सभापतिमा द्धय भुवन प्रसाद श्रेष्ठ र राजु खनाल निर्वार्चीत हुनु भएको छ । भुवन प्रसाद श्रेष्ठले ८ सय ४७ र राजु खनालले ७ सय ९२ मत प्र्रप्त गरी उप सभापतिमा निर्वार्चीतहुन सफल हुनु भएको हो ।
उहां प्रस्तिष्प्रधि अष्ठभुजा पाठकले ७ सय ७२ र सुधाकर पाण्डेले ६ सय ६१ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम अधिबेशनबाट बिक्रम खनाल र सुरेन्द्रराज आचार्य महामन्त्री पदमा निर्वार्चीत हुन सफल हुनु भएको छ । बिक्रम खनालले ८ सय ४४ मत र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत प्राप्तगरी महामन्त्री पदमा निर्वार्चीत हुन सफल हुनु भएको हो।

त्यस्तै उहांका प्रतिस्प्रधि खमान सिंह रायमाझीले ६सय ५१ र जन्मजय तिमिल्सिनाले ७ सय ९ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी खगराज पाण्डेले ७ सय ७६ मत , बिष्णु खनाल“मुस्कान“ ले ८ सय ५९ मत र निमा गिरिले ८ सय ३० मत प्राप्त गर्न सफल हुनु भएको निर्वाचन समितिका संयोजक डा. बुद्ध बहादुर थापाले जानकारी दिनु भएको छ।
निर्वाचनका क्रममा १ हजार ६ सय ३१ मत खसेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.